काठमाडौं १९ भदौ । सरकारले प्रतिनिधि सभाको कार्यकालसम्बन्धी कानुन संशोधन प्रस्ताव गरेको छ । कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका तर्फबाट विधेयक प्रतिनिधि सभा सचिवालयमा दर्ता भएको छ । चालू अधिवेशनमै विधेयक पारित गर्ने सरकारको तयारी छ । प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन संशोधन गर्दै उक्त व्यवस्था प्रस्ताव गरिएको हो ।
विधेयकले प्रतिनिधि सभा निर्वाचन भएर आएको सभाको पहिलो बैठक बसेको दिनबाट अघिल्लोको कार्यकाल समाप्त हुने व्यवस्था प्रस्ताव गरेको छ । विधेयकमा भनिएको छ, “प्रतिनिधि सभाको नयाँ निर्वाचन भई त्यस्तो सभाको पहिलो बैठक बसेको दिनबाट अघिल्लो प्रतिनिधि सभाको कार्यकाल स्वतः समाप्त भएको मानिनेछ ।”
प्रदेश सभाको हकमा पनि सोहीअनुसार कार्यकाल निर्धारण हुने प्रस्तावित विधेयकमा उल्लेख छ । निर्वाचन आयोगले भने आचारसंहितामार्फत मनोनयनका लागि राजीनामा अनिवार्य गरेको छ । मनोनयनपछि स्वतः पद रिक्त हुनेछ । मनोनयनबाहेकका भने कार्यकाल नयाँ सांसदको बैठक नबस्दासम्म हुनेछ । केही नेपाल ऐन संशोधनमार्फत सरकारले १९ वटा ऐन एकैपटक संशोधन गर्न प्रस्ताव गरेको हो । यो खबर आजको गोरखापत्रदैनिकमा प्रकाशित छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend