आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

मुख्य न्यायाधिवक्ताबाट राजीनामा दिएका झा जसपामा प्रवेश, यादव र मुख्यमन्त्रीले गरे स्वागत

मुख्य न्यायाधिवक्ताबाट राजीनामा दिएका झा जसपामा प्रवेश, यादव र मुख्यमन्त्रीले गरे स्वागत

जनकपुरधाम १८ भदौ । मधेश प्रदेशको मुख्य न्यायाधिवक्ता पदबाट राजीनामा दिएका दीपेन्द्र झा जनता समाजवादी पार्टी (जसपा) मा प्रवेश गरेका छन् ।

महोत्तरी क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा निर्वाचन लड्नकै लागि झा जसपा प्रवेश गरेका हुन् । शनिबार महोत्तरीमा आयोजित पार्टी प्रवेश कार्यक्रममा जसपा अध्यक्ष उपेन्द्र यादव, मधेशका मुख्यमन्त्री लालाबाबु राउत लगायतले झालाई स्वागत गरेका छन् । पार्टी प्रवेश गरेका झाले आफू महोत्तरी क्षेत्र नम्बर ३ बाटै चुनावको तयारी गरिरहेको बताएका छन् ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend