भैरहवा १८ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता तथा पूर्वमन्त्री दीपक बोहरा रुपन्देही क्षेत्र नम्बर १ बाट सर्वसम्मत उम्मेदवार सिफारिस भएका छन् । आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि रुपन्देही क्षेत्र नम्बर १ बाट सर्वसम्मत उम्मेदवार सिफारिस भएका हुन ।
शनिबार संसदीय क्षेत्र नम्बर १ र देवदह नगर समितिको संयुक्त बैठकले बोहराको एकल नाम प्रतिनिधिसभा सदस्यको उम्मेदवारका लागि सिफारिस गरेको राप्रपा क्षेत्र नम्बर १ का उपाध्यक्ष बसन्त न्यौपानेले बताए ।
बैठकमा राप्रपाका केन्द्रीय सहायक महामन्त्री ताहिर अली, लुम्बिनी प्रदेश अध्यक्ष प्रदीप कुमार उदय, केन्द्रीय सदस्य बसन्त विक्रम शाही, तोयानाथ लम्साल, स्वाती थापा, क्षेत्र नम्बर १ का उपाध्यक्ष बसन्त न्यौपाने, देवदह नगरपालिकाका अध्यक्ष माधव रिमाल लगायतको उपस्थिति रहेको थियो ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend