सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

कला बिहिनताले बाँच्न र बचाउन सक्दैन

कला बिहिनताले बाँच्न र बचाउन सक्दैन

बिष्णु प्रसाद शर्मा,

पौराणिक समयमा गुरु शिक्षालाई बहुमूल्यवान ठानिन्थ्यो र शिक्षादानमा पबित्र भाव रहेको हुने गर्दथ्यो । आजको समय शिक्षादानमा समेत पवित्रता भेटाउन कठिन पर्दछ ।
एक समयको कुरा हो, गंगाका किनारमा आश्रम जमाएर बसेका गुरु आफू संग शिक्षा लिइरहेका शिष्यलाई नयाँ किसिमले जिउने कलाका बारेमा शिक्षा दिएर दीक्षित बनाउने चाहना राख्दथे । यो आजको नेपालको अबस्थामा १०० प्रतिशत मेल खान्छ । कला बिहिनताले बाँच्न र बचाउन सक्दैन । पश्चिमाहरुले अपाहिज बनाई सकेका छन । एक दिनको कुरा हो, शिक्षा प्रदान गर्ने क्रममा गुरुले एउटा सानो भुसको बोरामा बहेश्क मुसालाई बस्न दिनु भयो । मुसाले एकान्त बास पाएको भएर निकै खुशि भएर बोराको भित्री भाग सम्म पस्दै रमाईरहेको थियो । गुरुले केही समय पछि सबै शिष्यहरुलाई देखाउदै त्यो बोरामा आगो सल्काइदिनु भयो । आगोले आफनो पुरुसार्थ देखाउने नै भयो र बिस्तारै तेजिलो बन्दै गयो । मुसाले तातो रापको महसुस गर्दै तलवाट माथि माथि आउने प्रयासमा धेरै समय बुद्धि र बललाई सकाउदै जादा करिव आधा आधी भुसको भागमा आगोले स्वामित्व जमाई सकेकाले कतै बाट भाग्ने उपाय मुसाले फेला पार्न नै सकेन । सबै उपायहरु गर्दा पनि अग्नी पीडाले गर्दा उ पिल्सीयर मर्न पर्रयो । यो गुरुको हरकतलाई गम्भिरताका साथ हेरि रहेका शिष्यलाई गुरुले सोध्थे, अब शिष्यहरु बताउ मुसाको ज्यान के कारण बाट गयो । धेरैले भने आगोले पोलेर, कसैले निसासिएर भने । शिष्यहरुको जवाफ सुनिसके पछि गुरुले भन्नु भयो, यो मुसो अरु कसैको कारणले मृत्यु वरणमा पुगेको होइन । उसको आफनै अनायसको सोखका कारणले मर्न गयो किन भने उसले त्यो भुसको बोरा भित्रको आनन्द लिन नचाहेर आगोले भुसमा त्यजोगत हुनु पूर्व नै भागेको भए उ मर्ने नै थिएन । त्यसैले मानवले आश्चर्यजनक कलाबाट बाँच्न र बचाउन सक्नु पर्दछ । हो, नेपालको राजनीतिमा कला छैन । कुनै आश्चर्यजनक नयाँ नौलो योजनाहरु छैनन् । छ त केवल बिदेशीले कति लगानी गर्दछ , कुन ठाउँको के के अस्तित्व माग्दछ । त्यो दिएर सहयोगका नाममा बिषको गैला घर भित्र राख्ने र त्यो बिषको ज्वाराभाटले राष्ट्रनै समाप्त गराउँदै गएको छ । यो सत्यलाई जनताले बुझेर पनि त्यो बिषको स्वादन गर्दै भोट तिनै बिदेशी कुतत्वलाई दिइराखेका छन । माथि बिबेचित गुरु र शिष्यका बीचमा भएको सान्दर्भिक सन्र्दभले हामी नेपाली हरुको अबस्था पुष्ट्रयाई गरेको छ । तर हामीले त्यो कथालाई मनन् गदैनौं । यो पक्का छ की एमसीसी, एस एस पिपि जस्ता धेरै सम्झौताहरुले नेपाल र नेपालीको अबस्था त्यो मुसाको भन्दा कुनै फरक हुदैन र मुसो झै नेपाली जनताले बिदेशी बैरीको तातो गोलीको स्वाद लिदैं मर्नु पर्दछ । त्यो समयमा न दलीयताले साथ दिने छ नत दलमा मोटाएका कुनै हलिहरुले नेपाल र नेपालीको दर्दनाक अबस्थामा एक थोपा आँसु नै चुहाउने छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend