आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

आचारसंहिता कडाइको साथ लागु गराऔँः महानिर्देशक हमाल

आचारसंहिता कडाइको साथ लागु गराऔँः महानिर्देशक हमाल

काठमाण्डौं १८ भदौं ।सूचना तथा प्रसारण विभागका महानिर्देशक गोगनबहादुर हमालले अनलाइन पत्रकारितामा अस्वस्थ प्रतीश्पर्धा बढ्दै गएकाले आचारसंहिता कडाइको साथ लागु गर्नुपर्ने बताउनुभएको छ । अनलाइन सूचीकरणअघि प्रेस काउन्सिल नेपालले अनलाइन सञ्चालक र सम्पादकलाई दिँदै आएको अभिमुखीकरण कार्यक्रममा विषय विज्ञकारूपमा रहनुभएका हमालले राज्यको चौथो अङ्ग सञ्चारजगतले अन्य अङ्गको र समाजको वाच डगको भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो । सत्यताको परीक्षण नगरिकन दिने समाचारजन्य सामग्रीले समाज र देशलाई नै आघात पुग्ने उहाँको भनाइ थियो । काउन्सिलका सदस्यसचिव समेत रहनुभएका हमालले सूचना तथा प्रसारण विभाग, प्रेस काउन्सिल नेपाल, विज्ञापन बोर्ड, न्यूनतम पारिश्रमिक निर्धारण समितिका सन्दर्भमा उठेका जिज्ञासाको जवाफ दिनुभएको थियो ।
प्रेस काउन्सिल नेपालका मिडिया अनुगमनकर्ता एवं विषय विज्ञ लोकराज भट्टले काउन्सिलले जारी गरेको महिला उत्तरदायी सञ्चार निर्देशिका–२०७६, अपाङ्तामैत्री सञ्चार निर्देशिका– २०७३, बालमैत्री सञ्चार निर्देशिका–२०७३ र ज्येष्ठ नागरिकमैत्री सञ्चार निर्देशिका–२०७८ मा व्यवस्था भएका प्रावधानहरूबारे जानकारी दिनुभयो ।
यस्तै अनलाइन सञ्चार माध्यमका सञ्चालक तथा सम्पादकको प्रश्नको जवाफ दिनुहुँदै काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले पत्रकारिता अध्ययनसमेत नगर्ने तर पत्रकारिता गर्ने परिपाटि देखिएकाले कम्तिमा आचारसंहितासम्बन्धी तालिम लिनुपर्ने व्यवस्था काउन्सिलले गरेको बताउनुभयो ।
कार्यक्रममा मुख्य अधिकृत झबिन्द्र भुसाल, वरिष्ठ प्रशासकीय अधिकृत एवम् प्रवक्ता दीपक खनाल लगायत ३३ जना अनलाइन सञ्चालकरसम्पादकको भौतिक र जुममार्फत सहभागिता रहेको थियो ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend