आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

ग्यासको साटो विद्युत् चुल्हो जडान गर्न नेपाल विद्युत् प्राधिकरणलाई प्रधानको आग्रह

ग्यासको साटो विद्युत् चुल्हो जडान गर्न नेपाल विद्युत् प्राधिकरणलाई प्रधानको आग्रह

काठमाण्डौ १६ भाद्र । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का निर्वाचित केन्द्रीय सदस्य देवेन्द्र प्रधानले ग्यासको साटो विद्युत् चुल्हो जडान गर्न नेपाल विद्युत् प्राधिकरणलाई आग्रह गरेका छन् ।
आज पार्टीनिकट कर्मचारी कल्याण परिषद्को २५ औं वार्षिकोत्सवलाई प्राधिकरणमा नै सम्बोधन गर्दै उनले प्राधिकरणसँग पेट्रोलियम पदार्थबाट चल्ने सवारीलाई विस्थापन गरेर विद्युत्बाट चल्ने सवारीलाई प्रोत्साहन गर्न प्राधिकरणलाई आग्रह गरे । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले निरन्तर प्रयास गरे अबको केही समयपछि उपभोक्तालाई निःशुल्क विद्युत् दिन सकिने बताए ।
कार्यक्रमको उद्घाटन गर्दै राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी निर्वाचनमा देशको लागि सच्चा र इमानदार पार्टी राप्रपालाई मतदान गर्नसमेत आग्रहसमेत गरे ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend