सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

सुन तस्करी प्रकरण रहस्य खोज्दै प्रहरी, आरके ज्वेलर्समो छापा

सुन तस्करी प्रकरण रहस्य खोज्दै प्रहरी, आरके ज्वेलर्समो छापा

अहिले नेपाली उद्योग व्यवसायमा सरकारले बिशेष निगरानी राखेको छ । अहिले जताततै व्यवसायमा प्रहार भएको व्यवसायीहरुले भन्न थालेका छन् । वैदेशिक रोजगारको क्षेत्र, निर्माण सुन चाँदी धेरै जसो सवैमा सरकारले कडा कदम चालेको देखिएको छ । यस्तै ३८ क्वीन्टल सुन तस्करी प्रकरणको छानबिन गर्न गठित विशेष अनुसन्धान समितिले काठमाडौंको न्यूरोड र दरबारमार्गमा रहेको आरके ज्वलर्समा छापा मारेको छ ।

पसलबाट प्रहरी ठूलो परिणाममा सुन बरामद गरेको स्रोतको दाबी छ । ज्वलर्सका सञ्चालक राजेन्द्र शाक्य यसअघि नै पक्राउ परिसकेका छन् । यसअघि प्रहरीले सुनका मुख्य लगानीकर्ता मोहनकुमार अग्रवालको घरमा छापा मारेको थियो । शुक्रबार अग्रवालको घरमा छापा मारेर ३० लाख रूपैयाँ नगद, दुई किलो चाँदी र १० तोला सुन बरामद गरेको थियो । त्यस्तै, बा १० च २८२ नम्बरको गाडीसहित सुन राख्ने खाली डिब्बा, सुन बोक्ने ज्याकेट र अन्य केही महत्वपूर्ण कागजातहरु बरामद भएको थियो ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend