सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

दिगो बिकासको आबश्यकता

दिगो बिकासको आबश्यकता

भक्त केसी, १४बैशाख, काठमाडौं। नागरिकलाई आजको आबश्यकता ” गास ,आवास, आत्मसात, र बहिष्कार।” दिर्घकालीन विकासकालागि खानेपानी, सडक ,गुणस्तरिय शिक्षा,स्वास्थ, बिजुली र रोजगारी,कृषि तथा पर्यटनको विषयलाई मुख्य एजेण्डाको रुपमा लिनु पर्छ।
राष्ट्र निर्माण त्यो प्रक्रिया हो जसको माध्यमबाट यी बहुमतहरू निर्माण हुन्छन्।समृद्ध, आधुनिक र न्यायपूर्ण नेपाल निर्माण गर्न युवाको भूमिका कसरी गर्न सकिन्छ भनी योजना निर्माण गर्ने बानी बसाल्नुपर्छ ।कुनै पनि मुलुकको शान्तिसुरक्षा र अमनचयन कायम गर्न राष्ट्र निर्माण अगाडि बड्नु पर्छ ,नेपालले सन्तुलित र स्वतन्त्र परराष्ट्र नीतिको सुझबुझपूर्ण अवलम्बन एवम् राष्ट्रिय, सामर्थ्यको एकीकृत रूपमा कार्यान्वयन गर्दै आएको थियो। पुँजी निर्माण विना रोजगारी सिर्जनाको अपेक्षा गर्नु खेती नलगाई फलको अपेक्षा गर्नु जस्तै हो । पुँजी कसरी निर्माण गर्ने ?श्रम, सीप पक्षलाई प्रवर्द्धन गर्दै समतामूलक समावेशी समाज निर्माण गर्ने उद्देश्यलाई मुखरित गर्नु पर्छ , राष्ट्र निर्माण गर्न सकिए मात्र नागरिक विकास हुन्छ। संविधानले समग्रमा समतामूलक, समावेशी र समाजवाद उन्मुख राष्ट्र निर्माण गर्ने ध्येय हुनु पर्छ। अन्तर्राष्ट्रिय द्विपक्षीय र बहुपक्षीय विकास साझेदारको अतिरिक्त नाफामुलक राष्ट्र बनाउन सक्नु पर्छ। राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा कसरी सुचनाको बिकास गर्ने मेल मिलापको बाटो रोज्नु उपयुक्त हुन्छ।
राष्ट्र निर्माणमा सामाजिक सद्भाव, पूर्वाधार विकास र देशको आर्थिक बृद्धि हो। राष्ट विकासको लागि बढ्दो अर्थव्यवस्थामा युवाहरूको सहभागिता आवश्यक कुञ्जी हो।
राष्ट्रिय विकासले बढ्दो अर्थव्यवस्थाका साथ नागरिकहरूको जीवन सुधार गर्नेछ।राप्रपाले युवाहरुलाई निर्णय प्रक्रियामा सामेल गरी सशक्त बनाउनु पर्छ। बढ्दो अर्थव्यवस्थामा युवाहरूको सहभागिताले देशभक्तिको भावना जगाउँदछ र उनीहरूलाई देशको जिम्मेवार नागरिक बन्न प्रोत्साहित गर्दछ।
रोजगारी सिर्जनादेखि शिक्षा, स्वास्थ्य र पर्यटनमा जोड दिनु पर्छ तिन कुरा अगाडी ल्याउनु पर्छ ; कृषि, बिजुली र पर्यटन इनि द्वारा सजिलै राष्ट्र निर्माण गर्ने आबस्यकता पुरा हुन्छ। ‘शिक्षा, स्वास्थ्य र रोजगार त्यसका लागि पूर्वाधार’ निर्माण गर्नु पर्छ। अल्प बिकसित देश को आधार स्तम्भहरुमध्ये शिक्षा, स्वास्थ्य र रोजगार बढी महत्वपुर्ण मानिन्छन् ।राजनीति पार्टीको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरिदै, शिक्षा, स्वास्थ्य र रोजगारी प्राथमिकतामा हुनु पर्यो। लगानी, उद्योग ब्यवसाय, सुरक्षा, सामाजिक सम्बन्ध र समानता, प्रक्रिया र प्रक्षेपित कार्यक्रम कार्यान्वयन हुनु पर्छ। आम नेपाली जनताले चाहेको के हो ? वर्षौंदेखि भन्दै आयौं– गाँस, बास, कपास, शिक्षा र स्वास्थ्य , संविधानले शिक्षा, स्वास्थ्य र रोजगारी पाउने नागरिकको हकलाई सुनिश्चित गरेको उल्लेख छ ,ती अधिकार प्राप्त नभए न्याय नपाएको मानिन्छ।
उच्च शिक्षा र रोजगारि का रूपमा बसाइँ सरेका नेपाली नागरिक स्वदेश फर्किने कानुनी नीति नियम कानुनी रुपमै सजिलो र जनता र राष्ट्रका हितका लागि हुनुपर्छ।
उच्च शिक्षालाई गुणस्तरीय बनाइ समतामूलक पहुँच सुनिश्चित गर्न र आधुनिक ज्ञान, सीप, विज्ञान,. कला एवम् प्रविधिमा दक्ष, प्रतिस्पर्धी नागरिक को खाचो छ।
मानिसलाई बाँच्नका लागि गाँस बास र कपास चाहिन्छ, त्यसरी नै बर्तमान परिप्रेक्ष्यमा विश्वसँग प्रतिष्पर्धा गरी समयानुकूल अगाडी बढ्न र सफलता प्राप्त गर्न नभई नहुने चिज हो, शिक्षा । विज्ञान र प्रविधिको यो युगमा कसैले शिक्षा विना अगाडी बढ्छ भन्छ भने त्यो दिवा स्वप्न मात्र हो । प्रतिष्पर्धात्मक युगमा शिक्षामा दिन प्रतिदिन आइरहेको परिवर्तनमा त नपढीकन जिवन चलाउँछु भन्नु कोरा कल्पना मात्र भएकोले नै हामीले विकासको मेरुदण्डका रुपमा शिक्षालाई राख्नु पर्छ।
बर्तमान शिक्षाको अवस्थानेपाली शिक्षाले स्थापनाको १७२ वर्ष लामो यात्रा तय गर्दा यसको विकासक्रम लाई सरसर्ती नियाल्दा विश्व परिप्रेक्षमा हामी अहिले पनि कछुवाकै गतीमा अगाडी बढिरहेका छौं । देशभर निजी, सरकारी र अन्तराष्ट्रिय तहका विद्यालय, कलेज र विश्वविद्यालयहरुको उपस्थिति रहेको छ । जसमा गुणस्तरीय शिक्षाको कुरा गर्दा निजी तह र अन्तराष्ट्रिय तहबाट दिइने शिक्षाको तुलनामा सरकारी स्तरबाट प्राप्त शिक्षा कमजोर भएको छ ।
अन्तमा,बैज्ञानिक, गुणस्तरीय शिक्षा आजको आवश्यक्ता हो । जतिजति विज्ञानको विकास हुँदै जान्छ त्यत्ति नै शिक्षाको पनि विकास हुन जरुरी छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend