खबरब्रेकिंग , काठमाडौं २०७९ फागुन १५ गते। राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठक आज बस्दैछ। रास्वपा केन्द्रीय सदस्य दीपक बोहराका अनुसार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय बसुन्धारामा बस्ने बैठकमा फागुन २५ गते हुने राष्ट्रपतिको चुनावमा कसलाई मत दिनेलगायत समसामयिक विषयमा छलफल हुनेछ। राष्ट्रपतिका लागि नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा (एमाले)का उपाध्यक्ष सुवास नेम्वाङले उम्मेदवारी दिएका छन्।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend