भक्त के सी
खबरब्रेकिंग, काठमाडौं २०७९ फागुन ११ गते । आदर्श र नेपाली समाज आदर्श समाजको परिकल्पना खोजपूर्ण सामग्री, ज्ञानवर्द्धक विषय, साहित्य, खेलकुद, विकास निर्माण हाम्रो समाजलाई समृद्ध बनाउने परिकल्पना हो–आदर्श समाज यही परिकल्पनाबाट राष्ट्र निर्माण हुन्छ । समतामूलक समाज निर्माणको परिकल्पना अनि यसैबाट रोजगारी सिर्जना हुन्छ ।सुन्दर आदर्श र समुन्नत समाजको परिकल्पना समाज परिवर्तन र न्याय हाम्रो चाहना राष्ट्रवादी नागरिक रुचि रहने छ । राजनीति र समाजको अन्योन्याश्रित सम्बन्ध हुन्छ । राजनीतिज्ञको चरित्र समाजको संस्कार, आचरण, मूल्य–मान्यता र अभ्याससँग जोडिएको हुन्छ । यसर्थ समाज, नागरिक र राजनीति एक–आपसमा सम्बन्धित हुन्छन् । तर, आदर्श राजनीतिक दल र आदर्श नेताको परिकल्पना गरिरहँदा हामीले आफ्नो खराब आचरण र व्यवहारलाई सधैँ नजरअन्दाज गरिरह्यौँ । आफ्नो आचरण जस्तो भए पनि हामीलाई नेतृत्व गर्ने नेताचाहिँ सर्वगुण सम्पन्न चाहिएको हुन्छ । विकासोन्मुख समाजमा नेतृत्वबाट समाजको तीव्र अपेक्षा हुन्छ । तर, हामीले अपेक्षा गरेको नेतृत्व अमुक आदर्श व्यक्ति हो अथवा असल परिपाटी भन्नेमा हामी नै स्पष्ट देखिएनौँ । राजनीतिलाई सही दिशामा डोर्याउने प्रमुख मार्गदर्शक समाजको चेतना हो र त्यो सामाजिक चेतना भनेको हामी र हाम्रा सोचाइ, संस्कृति, व्यवहार, मूल्य–मान्यता र आचरणको समष्टि हो । हामीले आदर्श राजनीतिक दल र आदर्श नेताको परिकल्पना मात्र गर्यौँ, आदर्श नेता जन्माउन आदर्श समाज चाहिन्छ भन्ने भुलिरह्यौँ । आदर्श नेताका लागि राजनीति, राज्यले लगानी गर्नुपर्छ भन्ने भुल्यौँ । हुन त देशको सर्वोच्च नीति नै राजनीति हुनाले सबै बेथितिको दोष राजनीतिलाई दिनु आफैँमा अस्वाभाविक होइन । किनकि, कुनैपनि देश समृद्ध बन्न त्यसको राजनीति सही दिशामा हुनु अत्यन्तै जरुरी हुन्छ ।हामीलाई आफ्नो जिम्मेवारी के हो भन्ने थाहै छैन । यो देश बिग्रिनुमा जति हामीले चुनेका नेताको हात छ, त्यति नै गलत नेता चुन्ने हाम्रो पनि हात छ । नेताहरूको गलत क्रियाकलापमाथि खबरदारी गर्नु नागरिकको दायित्व हो ।जवाफदेही नेतृत्व पाउन नागरिक स्वयं सचेत र जिम्मेवार हुनुपर्छ ।यसर्थ समाज, नागरिक र राजनीति एक–आपसमा सम्बन्धित हुन्छन् ।यसको अर्थ हो–हरेक मान्छे आदर्श समाज जनताको तीव्र चाहना र परिकल्पना प्रस्तुत गर्ने गर्छन ।समुन्नत, उन्नत, समानता र विकसित समाजको लागि प्रजातान्त्रिक समाजवादको समाजले एक आदर्श राजनीतिक दल र नेताको परिकल्पना गरे पनि आफ्नै खराब चरित्रलाई राजनेताले सुधार्दैनन ।
बिश्वका प्रभावशाली बिकसित मुलुकहरुको अध्यन गर्ने हो भने प्रष्टै देखिन्छ त्यहाँ ज्ञानको उत्पादन, बितरण र उपयोग निकै प्रभावकारी र हस्तक्षेत रहित बनाईएको हुन्छ।
मानिसमा हुनुपर्ने प्रमुख गुण भनौँ सम्पति भनेकै नैतिकता, सदाचार र इमान्दारिता नै हो । यसैबाट सामाजिक, आर्थिक, राजनैतिक जीवन शुद्ध हुन्छ र यस्तै समाजले देशको समग्र चरित्र चित्रण हुने गर्छ । हाम्रो मुलुकले सदाचार, नैतिकता, इमान्दारिता र सुशासनको नारा लिएको वर्षौँ भइसक्यो ।स्वस्थ अनि समतामूलक समाज निर्माणको परिकल्पना अनि यसैबाट रोजगारी सिर्जना, दिगो विकासको लक्ष हासिल गर्ने, लैँगिक समन्वय, स्वच्छ अनि पारदर्शी कर्मको परिकल्पना गर्नु पर्यो । नीतिले शासन व्यवस्था पनि चल्नै छाड्यो, नीतिगत भ्रष्टाचारका कुरा छरपष्ट नै छन् समाजमा । मानवको उद्देश्य धर्म, अर्थ, काम र मोक्ष हो त्यो बिर्सिएको अबस्था छ, केवल पैसा, पद, प्रतिष्ठा, पुत्र, पुत्री परिबार मोहले सदाचारको शब्द केवल शब्द कोषमा मात्र खोज्नु पर्ने अबस्था छ ।शासनमा बस्नेहरु कानूनी शासन र सुशासनको अनि पद्धतिका बारे भाषण गरेर कहिल्यै थाक्दैनन् र भ्रष्टाचार म पनि गर्दिन अरुलाई पनि गर्न दिन्न भन्छन्, तथापि भ्रष्टाचार घटेको होइन मौलाएको छ ।देशमा बेरोजगारीको अबस्था भयावह छ, व्यापारघाटा धेरै छ, बस्तु उत्पादनमा चासो छैन, तर विदेशीको नक्कल भने धेरै छ । नाना, खाना र छानामा समेत आत्मनिर्भर हुन सकिएन ।गाउँको कोदो, बोडी, भटमास, धान, भकारी, चामल, मेला पर्म, साग, घाँसपात, वन, बुटेन, काँक्रा, फर्सी, तल्ला घरे, माथिल्लो घरे, आगो पानी साटासाट, ऐँचोपैचो, गहुँका रोटी, गाईवस्तु गोठ, गोबर, गहुँत, प्राँगारिक बस्तु नेपाली मौलिकपन खोइ त आज ? राज्य, समाज सबै मिलेर फेरि एकपटक हामीले सोचे जस्तो मौलिक र असल समाज निर्माणतर्फ अग्रसर हुने बेला फेरी आएको छ ।
आदर्श अनुरूष राजनीतिक र सांस्कृतिक र प्राचीन ऐतिहासिक कालमा नेपाली समाज कस्तो थियो । नेपाली समाज बहुजातीय मात्र नभई बहुभाषीय पनि छ। ३६ भाषाहरूमध्ये झण्डै २५ चाहिं स्वजातीय जन्मका भाषा छन्। यी भाषा नेपालको सम्पूर्ण जनसङ्ख्यामध्ये झण्डै ३.९ प्रतिशतले बोल्दछन्। यथार्थ यो हो कि राजनीतिको चरित्र समाजको संस्कार, आचरण र अभ्याससँग जोडिएको हुन्छ। समाजको संस्कार र अभ्यास चाँडै परिवर्तन हुन ठूलै उथलपुथल हुनुपर्छ। हामी एक आदर्श राजनीतिको चाहना राखिराखेका छाै। दुनियाँको सबै देशको नागरिकको चाहना यहि नै हो। राजनीतिमा हाम्रो चाहना र यथार्थको तालमेल मिलिरहेको छैन। नेपालको समाजको चरित्रभन्दा अलग राजनीतिक संस्कार र परिणाम हुँदैनन्। नेपाली समाज विस्तार संस्कारविहीन बन्दै छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend