भक्त के सी,
खबरब्रेकिंग,काठमाडौं २०७९ फागुन ९ गते । राजनीति कुराकानी अहिले चलिरहेको खतरनाक राजनीतिको कारण के हो ? राजनीतिक विश्लेषकले गरेको प्रक्षेपण होस् वा भविष्यवाणी सबै नमिले पनि केही हदमा मिल्न सक्छ । राजनीतिक परिवर्तन र आर्थिक वृद्धिको प्रवृत्तिगत विश्लेषण विज्ञहरूले के गर्नुभयो। मेचीमहाकाली अभियान राजनीतिक परिवर्तनका लागि बैंकविरुद्ध केन्द्रित ? भनिन्छ , तर त्यो पनि होइन , नेपाली जनताको मार्काको बिषय छ ।मर्का सबैलाई थाहा छ । मौलिक धर्म संस्कृति बचाउने प्रण, आज दुर्गा प्रसाई अभियानको मुख्य एजेन्डा साथै विकास गर्ने आफ्नो एजेन्डा रहेको उल्लेख गर्दै छन । उद्यमी एवम समाजसेवी दुर्गा प्रसाई नेपालका सोषित पिडित नगरीकको पिडा सम्बन्धी जनचेतनामुलक अभियानका लागि नेतृत्व लिनु सहयोगी भावाना राख्नु के गलत छ ? प्रजतान्रिक अभ्यास प्रतेक नागरिकले गर्न पाऊनु पर्छ ।
दुर्गा प्रसाईले कमरेड प्रचण्ड, कामरेड ओली लगायत धेरै वरिष्ठहरूसंग संगत गरी रास्ट्रको लागि सोच कत्ती नभएको पाएपछि आम नेपाली नागरिक संग बिगतमा भए गरेका कमी कमजोरीले राष्ट्र अधोगति तिर जादै गरेको देखे पछी सकारात्मक अभियान सुरु भयो । नेताजीहरु मैले अझै सत्य भनेको छु , भनेर अगाडी को आए ? दुर्गा प्रसाई छाती ठोकेर भन्न सक्छन भने , तपाईले के देख्नुहुन्छ , तपाई त्यहि गर्नुहुन्छ, अनि भन्नुहुन्छ । बैंक, लघुवित्त र सहकारीको चर्को ब्याज र किस्ता प्रमुख कारण रहेको भन्दै प्रसाईले यसविरुद्ध सचेतनामुलक अभियाननै सन्चालन गर्न लागेका हुन ।अनावस्यक प्रदेशका संरचना खारेज गर्नुपर्ने, देशमा उद्योग सन्चालन स्थापना गरी रोजगारीको अवसर सिर्जना गर्नुपर्ने, देशमा राष्ट्रियता र धर्म संस्कृति लोप हुदैँ गएकोमा अनुशासन युक्त विधिको शासनको निम्ति वैद्धिक सनातन सहितको हिन्दुराज्य स्थापना गर्नुपर्ने मागसहित अभियान सुरु गरेका छन । समावेशिता, समानुपातिकता र देशमा पछाडी परेका, पारिएका क्षेत्र, जात, लिंग, भाषा, धर्मको प्रतिनिधित्व आगामी संविधानमा गर्नु हो । त्यसैगरी स्वतन्त्र न्यायपालिका, प्रेस स्वतन्त्रता, मानव अधिकार, विधिको शासनको पूर्ण ग्यारेण्टी हुनुपर्दछ । राष्ट्रियता, स्थानीय जनताको देशका सम्पूर्ण श्रोत साधनमा पहुँच, वालिग मताधिकार, बहूदलीय व्यवस्था, स्वतन्त्रता, अखण्डता आदिको स्पष्ट उल्लेख हुनुपर्दछ । राजनीतिक स्थायित्वका साथै शिक्षा, स्वस्थ्य, रोजगारको प्रत्याभुती हुनुपर्दछ । समाजका अन्य पक्षको विकासको आधार राजनीति भएकोले यसलाई पूरा गर्ने एकमात्र प्रतिनिधि संस्था राजनीतिक दल भएकोले संवैधानिक बाटो(सरकार) मार्फत त्यसको कार्यान्वयन गरिनु पर्दछ । राजनीतिक दल जिम्मेवार भएको खण्डमा राजनीतिक गतिरोध अन्त्य गर्नुका साथै देशलाई हामी(नेपाली) ले भन्ने गरेको नयाँ नेपालको गन्तव्यमा पुर्याउन सकिन्छ भन्नु के गलत भयो ।
बिकल्प नभएपछी , राजनीतिक दलमाथि अविश्वास रहे पनि जनताले फेरी पनि तिनै राजनीतिक दललाई चुनावमार्फत पटक पटक सरकार निर्माण गर्ने जिम्मेवारी दिएका छन् । किनकी लोकतन्त्रमा अर्को कुनै विधि नै छैन । जननिर्वाचित व्यक्ति, समूह (राजनीतिक दल) ले मात्र त्यो प्रक्रियामा भाग लिन पाउँछ । यसमा राजनीतिक दलका नेता तथा नेतृत्व साथै सम्पूर्ण सम्बन्धित पक्ष जिम्मेवारपूर्ण हुनुपर्छ ।गठबन्धन सरकारले देशमा राजनीतिक अस्थिरता पैदा गर्यो । समकालीन विश्व राजनीति, अर्थतन्त्र, भूराजनीति र कूटनीतिका विभिन्न पाटा/पक्षलाई यसले विद्यालयस्तरीय होस् वा उच्च शिक्षामा अनावश्यक राजनीति व्याप्त छ । असल राजनीति र राजनीतिज्ञको लागि शिक्षाको ठूलो महत्व छ। शिक्षा र राजनीतिको सम्बन्धले नै कुनै पनि समाजको दिशा अनि गति निर्धारण गर्छ ।शिक्षा र शिक्षक दुवै राजनीतिका अपरिहार्य कडी हुन् एक रथका दुई पाङ्ग्रा सम्झनु पर्छ । दुर्गा प्रसाईका सभ्य, संस्कारयुक्त जीवनशैली, नैतिक शिक्षा र जीवनोपयोगी सीपका लागि सकारात्मक , नकारात्मकतालाई सकारात्मक सोचले प्रतिस्थापित गरेपछि खुसीको प्रवेश हुन थाल्छ, जीवनमा सौन्दर्य र स्वच्छता छाउँछ, ठूलो उपकार बन्न जान्छ जनतालाई राष्ट्रलाई सकारात्मक धारणालाई नकारात्मक पार्दा, विद्वान्हरू सत्यबाट डगमगाउँदा, सभ्यताको नाममा समय अवस्थाअनुसार बानी व्यवहार नसुधार्दा यो दुर्दशा निम्तिएको हो । विगतका भोगाइ र कर्मलाई इतिहास मान्दै आगामी दिनलाई विनाश होइन विकासतिर, नाश गर्ने क्रान्ति होइन शान्तितिर, पतन होइन समृद्धितिर मोड्न सकियो भने हाम्रो दुःख पक्कै सुखमा रूपान्तरित हुनेछ । सभ्य, संस्कारयुक्त जीवनशैली, नैतिक शिक्षा र जीवनोपयोगी सीपका लागि सकारात्मक सोच, खोज र रोजका साथ अघि बढ्नु नितान्त आवश्यक छ ।
विकास र समृद्धिको बहस नेपालका लागि नौलो होइन । अबको अभियान दिगो शान्ति, सुशासन, विकास र समृद्धिलाई मुख्य लक्ष राखेर समाजवादउन्मुख हुनु पर्छ ।समृद्ध नेपाल, सुखी नेपाली’को मुख्य ध्येय राखेर अगाडि बढेको छ । राजनीतिक वृत्तमा या अन्य बौद्धिक बहसमा नेपालको विकासको दिर्घकालिन सोचका बारेमा चर्चा हुँदैन ।देशको दक्ष जनशक्ति विदेश पलायन हुँदा नेपालको विकास प्रकियमा ठूलो धक्का लागेको छ । सकेसम्म देशभित्रै देशको जनशक्तीलाई प्रयोग गर्ने गरी राज्यले काम गर्नु नितान्त आवश्यक छ । देश विकासका लागि देशप्रति माया गर्ने र सकरात्मक सोच राख्ने नागरिकको खाँचो छ । देश बन्दै छ, देशलाई हामी सबै मिलेर बनाउनु पर्छ, देश बनाउने जिम्मा हाम्रो पनि हो ।त्यसैले देश विकासको लागि प्रत्येक नागरिकले सोच बदलौ । त्यसको सुरुवात आफैँबाट गरौ ।देश विकासका लागि विकास व्यवस्थापन सबल हुनुपर्छ । विकास व्यवस्थानपनको नेतृत्वकर्ता कर्मचारीतन्त्र सक्षम र इमानदार हुनुपर्छ । भ्रष्टाचार शून्यमा हुनुपर्छ । नेपालमा न विकास व्यवस्थापन सबल छ, न कर्मचारीतन्त्र सक्षम र इमानदार छ, न भ्रष्टाचार कम छ । तिनवटै कुरामा नेपाल कमजोर हुँदा देशको विकासले गति लिन सकेको छैन । सबै क्षेत्रमा इमान्दर ब्यक्ति छन् । मिलेर राष्ट्र निर्माणका लागि एकजुट भएर लाग्नु पर्छ । जबसम्म कर्मचारीहरू नेपाली नागरिकलाई पूर्ण रुपमा उत्प्रेरित गर्न सकिँदैन, उनीहरूलाई गाँस, बास, कपास शिक्षा र स्वास्थ्यको चिन्ता रहिरहन्छ तबसम्म उसले कामप्रती लगनशील र दत्तचित्त भएर काम गर्न सक्दैन ।समृद्ध नेपाल र सुखी नेपालीको सोचलाई अगाडि सारेर वर्तमान अभियान समर्थन गरौ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend