दाङ २०७९ फागुन ४ गते । दाङमा खाना पकाउने ग्यास लिक भएर आगलागी हुँदा २ जना घाइते भएका छन्। तुलसीपुर उपमहानगरपालिका(१५ पचकौलीस्थित गोर्खा सिड कम्पनी प्रालि ९कृषि बीउ उत्पादन कम्पनी० मा बिहीबार बिहान ९ बजे खाना पकाउने क्रममा ग्यास लिक भएर आगलागी हुँदा स्थानीय ५० वर्षीया कुसुम केसी र चितवन भरतपुर महानगरपालिका घर भई हाल उक्त कम्पनीमा कार्यरत २९ वर्षीय आशिष खनाल घाइते भएका छन्।
कुसुम गम्भीर घाइते भएको र उनलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि बाँके रेफर गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ। उनको कम्मरमुनिको अधिकांश भाग जलेको प्रहरीले बताएको छ। उनी पनि कम्पनीमा कार्यरत थिइन्।
घाइते आशिषको सामान्य मध्यम रहेको प्रहरीले जनाएको छ। घर चितवन भएकाले उनी उपचार गर्न चितवनतर्फ गएको प्रहरीले बताएको छ। उनको हात जलेको र अवस्था सामान्य रहेको छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend