काठमाडौं २०७९ फागुन ४ गते । नेकपा एमालेका युवा नेता राम प्रसाद रिजालले पौष १० को सहमति अनुसार राष्ट्रपति एमालेले पाउनु पर्ने दाबी फेरि गरेका छन । आज खवर ब्रेकिंग संगको कुराकानीमा उनले यस्तो दाबी गरेका हुन ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमाले संग गरेको सहमतिलाई लत्याएर कांग्रेसलाई रास्ट्रपति दिए प्रचण्ड र माओवादी पाटीले ठुलो क्षेती भोग्नु पर्ने उनको भनाई छ ।
एमाले पार्टी र केपी ओलीलाई बाहिर राखेर गर्ने सहमतीले देशको निकाश ननिस्कने रिजालले बताए । उनले मुलुकलाई आर्थिक प्रगतिको बाटोमा लैजान एमाले पार्टी बिना सम्भब नभएको बताए । एमाले बिना मुलुकको रक्षा गर्ने तागत अरुमा नरहेको दाबी समेत उनले गरे ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend