आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

एमसीसीको विरोधमा बानेश्वरमा प्रदर्शन

एमसीसीको विरोधमा बानेश्वरमा प्रदर्शन

 

 

काठमाडौं ८ फाल्गुण । सत्तारुढ गठबन्धनका दलहरु नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका भातृ संघठनहरु एमसीसीको विरोधमा उत्रिएका छन् ।

माओवादी केन्द्र र एकीकृत समाजवादी आज एमसीसी संसदमा तबल गर्न सहमत भएपनि उनीहरुका भातृ संघठनहरु एमसीसीको विरोधमा सडकमा उत्रिएका हुन् । आजै संसदमा एमसीसी टेबल गर्ने तयारी भैरहेका बेला काठमाडौँको बानेश्वर क्षेत्र तनावग्रस्त बनेको छ ।

एमसीसीको विरोधमा उत्रिएका प्रदर्शनकारीले निषेधित क्षेत्र तोड्ने प्रयास गरेपछि प्रहरीले हस्तक्षेप गरेको छ । प्रदर्शनकारी र प्रहरीबीच बानेश्वरमा झडप भएको छ भने प्रदर्शनलाई नियन्त्रणमा लिन प्रहरीले पानीको फोहोरा समेत छोडेको थियो । सरकारले एमसीसी संसदमा टेवुल गर्ने तयारी गरिरहँदा सडकमा यसको विरोध भइरहेको हो ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend