काठमाण्डौं ७ फाल्गुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकको समृद्धि र जनताको सुख हासिल हुने राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने अभियानमा एकजुट हुन देशवासीमा आह्वान गरेका छन् ।
उनले आफ्नो पार्टी समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न अझ सवल रुपमा लागिपर्ने पनि बताएका छन् ।
प्रजातन्त्र दिवसको शुभकामना सन्देश दिँदै ओलीले भनेका छन्, ‘नेकपा एमालेले सरकारको नेतृत्व गरिरहँदा नेपाललाई समृद्ध र नेपालीलाई सुखी बनाउने आकाङ्क्षा पूरा गर्न आफ्ना हरेक क्षण, सम्भावना र सामर्थ्यको सदुपयोग गरेको थियो । संवैधानिक प्रवन्धको गलत व्याख्याद्वारा हामीलाई सरकारबाट बाहिर पुर्याइएपछि अवरुद्ध हुन पुगेको समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने हाम्रो अभियानलाई हामी अझ सवल रुपमा अगाडि बढाउन चाहन्छौं ।’
उनले २००७ साल फागुन ७ गते अर्थात आजको दिन नेपालको इतिहासमा उज्यालो नयाँ युगको आरम्भ बिन्दुका रुपमा स्थापित भएको पनि स्मरण गरेक छन् । ओलीले यस अवसरमा देशभित्र र बाहिर रहेका सम्पूर्ण नेपाली दिदीवहिनी तथा दाजुभाइहरुमा शुभकामना व्यक्त गरेका छन्

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend