आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

सत्ता गठबन्धनको बैठक बालुवाटारमा सुरु

सत्ता गठबन्धनको बैठक बालुवाटारमा सुरु

????????, ? ??? ??????? ????? ????????????? ????? ??????????? ????? ???????? ??????? ?????? ??????? ?????? ?????? ????????????? ????????? ?????, ?????(??????? ???????)?? ??????? ???????? ?????, ???? ???????? ???????? ??????? ??. ??????? ??????? ????? ? ?????? ? ???? ???????, ????

फाइल तस्बिर
काठमाण्डौ ६ फागुन । अमेरिकी सहायता परियोजना एमसीसीको विषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा आज फेरि बैठक बसेको हो ।

हिजोको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी प्रधान कार्यालयले आउँदो १६ गतेभित्र सम्झौता अनुमोदनका लागि गरेको आग्रहलाई समयमै पूरा गर्न अनुरोध गरेका थिए । उनले संसदमा एमसीसीलाई जतिसक्दो छिटो टेबल गर्ने तयारी गरेका छन । तर, माओवादी केन्द्र र एकीकृत समाजवादीले यथास्थितिमा अगाडि नबढाउने अडान दोहोर्याउँदै आएका छन् ।

अमेरिकाले एमसीसीमा कुनै संशोधन नहुने बताइसकेकाले आजको बैठकमा पनि सहमति जुट्ने सम्भावना कम छ । प्रधानमन्त्री देउवाले अस्ति बुधवार नै संसदमा एमसीसी टेबल गर्ने तयारी गरे पनि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको आग्रहमा आजसम्मका लागि स्थगित गरिएको थियो ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend