काठमाण्डौं ५ फागुन । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग नेपाली कांग्रेसका नेता मीनेन्द्र रिजालले भेट गरेका छन् । पछिल्लो समय सत्तारुढ पाँच दलीय गठबन्धनमा खटपट देखिएसँगै रिजाल र ओलीको यो भेटलाई निकै महत्त्वपूर्ण मानिएको छ । ओलीनिकट एक नेताका अनुसार यो भेटघाटमा अमेरिकी सहयोग परियोजना एमसिसी र संसद सुचारु गर्ने विषयमा छलफल भएको थियो ।
ओली र रिजालबीचको भेटमा गठबन्धन टुटेमा कसरी अगाडि बढ्ने भन्ने पनि छलफल भएको स्रोतको दाबी छ । रिजाल प्रधानमन्त्री देउवाको सन्देश लिएर बालकोटमा ओलीलाई भेट्न पुगेका हुन् । पछिल्लो समय गठबन्धनमा खटपट सुरु भए पछि नेपाली कांग्रेसका नेताहरुले एमाले नेताहरुसँग छलफललाई बढाएका छन् ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend