आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

नेपालको अस्तित्व बचाउन रिजालले गुहारे केपी ओलीलाई

नेपालको अस्तित्व बचाउन रिजालले गुहारे केपी ओलीलाई

 

 

काठमाण्डौं ५ फागुन । नेकपा एमालेका युवा नेता राम प्रसाद रिजालले कांग्रेस यथास्थितिमै एमसीसी पास गर्ने पक्षमा रहेकोले कांग्रेस अमेरिका र भारतको दलाल भएकोले कांग्रेस पार्टीलाई नेपाली जनताले आगमी निर्वाचन मार्फत उसलाई पत्ता साफ गर्न नेपाली जनताहरुलाई अपील गरेका छन ।
हिजो कांग्रेसले भारतलाई कोशी गण्डकी टनकपुर बेचेकोले देउवा नेतृत्वको सरकार एमसीसी भित्राएर पुरै देश हाम्रो नेपाल लिलाम गर्न खोजीरहेको उनले बताए
उनले भने, ”यो मुलुकको सार्वभौमसत्ता स्वतन्त्रता स्वाभिमान अखण्डता राष्ट्रीयता जस्ता राष्ट्रका महत्वपूर्ण तत्वहरू वा अंगहरुको रक्षा नेकपा एमाले र एमालेकै अध्यक्ष राष्ट्रपिता राजनेता केपी शर्मा ओलीले मात्र गर्न सक्ने ओलीलाई परामादेशको आदेशमा प्रधानमंत्रीबाट हटाए पछि एक पछि अर्को राष्ट्रलाई संकट विपत्ति पर्दै गएको र विदेशी हस्तक्षेपले नेपालको अस्तित्व संकटमा परेकोले म राजनेता ओली ज्यूलाई नेपाल र नेपाली नागरिक हरूलाई बचाउनुहोस भन्दै नेपाल र यो देशको भूमि विदेशी लाई प्रयोग गर्न बाट रोक्नुहोस भन्दै हार्दिक अपील गर्दछु राष्ट्रकै अभिभावक केपीबालाई । लेखेर राख्नुहोस केपी बा बाहेक अहिले नेपालको अस्तित्व बचाउने अरू नेता जन्मेकै छैन ।”

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend