सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

प्रजातन्त्रका नाममा कालो बादल

प्रजातन्त्रका नाममा कालो बादल

 

बिष्णु प्रसाद शर्मा,

राणा शासन कालमा अर्थात वि सं १९९७ अघि नेपालको अवस्था शासकिए रुपले धुँवाले ढाकिएको थियो भन्नेहरुबाटै वि। सं २०७८ सम्ममा अत्यधिक अन्धकार र अन्योलको अवस्थामा रुमालिइरहेको छ ।
राणा शासन बारबार देशलाई प्रजातान्त्रिक अवस्थामा लैजान श्री ५त्रिभुवनले आफ्नो ब्यायाम शिक्षक बडिबिल्लर धर्मभत्त माथेमा लगायतका नेपाली जनताको सहायताले आफ्ना राजनीतिक गतिविधीहरु अघि बढाई देश र जनताको हित गर्ने योजना तयार गर्दै गर्दा श्री ५ त्रिभुवनसँग गोप्य बैठक गरिरहेका प्रजापरिषद्का स्थापनाकार माथेमालाई पक्राउ गरिएको थियो र वि सं १९९७ माघ १२ गते काठमान्डौँको सिफलमा बकाइनाको रुखमा झुन्डाएर मृत्यु दण्ड दिइएको थियो । वि सं २०४६ साल पछिको प्रजातन्त्र ६३ पछिको लोकतन्त्र अर्थात लुट,आतंक, भ्रष्टाचार र अराजकतन्त्रले मुलुकको अस्मितालाई धक्का दिँदै आएको छ ।

कालो प्रजातन्त्रको नाममा कालो बादल र विदेशीहरुको सहयोग र मलजलले मौलाउँदै गर्दा आतंकको राजनीतिले प्रवेश पायो र दिल्लीमा १२ बुँदे सम्झौता गराइयो । हिन्दु अधिराज्य र राजसंस्था हटाउने भन्दा अरु भुटीभाङ केही हुन सकेन । २१ ह्जार भन्दा बढी होनहार युवाहरु विदेशको बालुवालाई मलजल गर्दै गर्दा उनीहरुको पिडा ब्यथा र रोदन मात्र होइन कतिपय बाकसमा बन्द भएर फर्किराख्नु भएको इतिहास हामीसँग साक्षीको रुपमा खडा रहेको छ ।

लौह पुरुषका नामले प्रख्यात प्रजातन्त्रको उदयपछि दलैबाट पछि हट्नु पर्ने अवस्थालाई गणेशमान सिंहले वी पी को उक्साहटमा राणकाली जेलबाट भागेर  ठोरीको जङ्गल पुगेका थिए । तर राणाहरुले पक्राउ गरी ४० कोर्रा हानेर दिलमान र गणेशमानलाई तत्कालिन विशेष अदालतले मृत्युदण्डको सजाय सुनाएको थियो । मृत्यु दण्डको कानुन नभएकोले राजाले त्यो फैसलालाई सदर गर्नुपर्ने र श्री ५त्रिभुवन समक्ष पेश हुँदा लालमोहरमा सहीछाप नगरेपछि उनीहरुको जीवन बाँचेको र ४६ सालपछि अपमानित भएर परमधाम हुनु परेको इतिहास हामीहरुले चश्मादित साक्षी खोजीरहनु पर्दैन होला ।
भारतले थोपरेको प्रजातन्त्रको नाममा कालो बादल नेपालको आकाशमाथि दौडी राखेको छ र उत्तरी सीमामा ठोकिएर हिँउ र असिना भएर आजसम्म त बिलाउँदै गएको छ । अब त्यो अवस्था रहने छैन । नेपाली जनता कुनैपनि मित्रराष्ट्रको विरुद्धमा थिएनन् छैनन् तर अब भारत र पश्चिमाहरुको ज्यादतिकै कारण उनीहरुका विरुद्धमा उत्रनै पर्ने अवस्था आएको हुँदा रगतको खोलो बगाउने तयारीमा छन् ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend