रुपन्देही ३ फागुन । नेकपा एमालेका सचिव गोकर्ण विष्टले प्रधानन्यायाधीश चोलेन्द्रसमशेर राणाविरुद्ध ल्याइएको महाअभियोग प्रस्ताव निर्वाचन सार्ने षडयन्त्र भएको बताएका छन् ।
गठबन्धन सरकार संवैधानिक अराजकता र राजनीतिक अस्थिरता पैदा गर्न लागेको उल्लेख गर्दै पूर्वमन्त्री विष्टले महाअभियोगको प्रस्ताव ल्याएर देशमा अस्थिरता र संवैधानिक अराजकता पैदा गर्न लागेको तर्क गरे ।
बुटवलमा नेकपा एमाले ईस्मा–रुपन्देही सम्पर्क कमिटीको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै विष्टले चोलेन्द्र शमशेर राणाप्रति व्यक्तिगत कुनै मोह नभएको र गुणरअवगुणबारे प्रचार गर्नु जरुरी नभएपनि महाअभियोग सत्तागठबन्धनको निर्वाचन सार्ने षडयन्त्रले आएको बताए ।
नेता विष्टले एमालेका विरुद्धका चाल्ने कदमलाई पराजित गर्न, संविधानको मूल्य र मान्यता जोगाउन, संबैधानिक अंगको गरिमालाई जोगाउनका लागि चालिने कदममा पार्टी नपर्ने स्पष्ट पारे ।
उनले अदालतलाई प्रयोग गरेर राजनीतिक प्रतिशोध लिने र राजनीतिक परिणाम प्राप्त गर्ने दुरासयका साथ गठबन्धन सरकार अघि बढेको बताउँदै गठबन्धन सरकारले नजर अदालततिर लगाएर निशाना अर्को तिर लगाएको बताए ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend