काठमाण्डौं ३ फागुन । नेकपा एमालेले स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाको राजीनामा माग गरेको छ । कोरोना भाइरसविरुद्धको खोपबारे मन्त्री खतिवडाले झुटो बोलेको प्रमाण सार्वजनिक गर्दै एमालेले स्वास्थ्यमन्त्रीको राजीनामा मागेको हो ।
एमाले स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुख योगेश भट्टराईले मंगलबार विज्ञप्ति जारी गर्दै केपी शर्मा ओली नेतृत्वको सरकारका बेला आफूले कोरोनाविरुद्धको खोप पाँच हजारमा किनेर लगाएको अभिव्यक्ति दिएर मन्त्री खतिवडाले अफवाह फैलाएको बताएका छन् ।
एमालेले सिभिल अस्पतालमा कोरोना खोप लगाउने सांसदहरूको सूचीमा स्वास्थ्यमन्त्री खतिवडाको नाम पनि सार्वजनिक गरेको छ ।खतिवडाले हालै सगरमाथा टिभीको एक कार्यक्रममा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारका बेला कोभिडविरुद्धको पहिलो खोप पाँच हजार रुपैयाँमा ‘किनेर लगाएको’ दाबी गरेका थिए । उनको अभिव्यक्ति गैरजिम्मेवार रहेको र यस्तो झुठो बोल्ने व्यक्ति मन्त्रीजस्तो गरिमामय पदमा बसिरहन नहुने भन्दै एमालेले राजीनामा मागेको हो ।


© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend