आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

प्रधानमन्त्री देउवा, प्रचण्ड र माधवकुमारबीच भेटवार्ता

प्रधानमन्त्री देउवा, प्रचण्ड र माधवकुमारबीच भेटवार्ता

 

काठमाडौं ३ फाल्गुन । सत्तारुढ गठबन्धनका शीर्ष नेताहरूबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच मंगलबार बिहान छलफल भएको हो ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा तीन शीर्ष नेताबीच प्रधानन्यायाधीश चोलेन्द्र सशशेर जबराविरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावपछिको विकसित राजनीतिक घटनाक्रमबारे छलफल भएको प्रचण्डका प्रेस संयोजक सूर्य किरण शर्माले जानकारी दिए ।

बैठकमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी सदनमा टेबुल गर्ने नगर्ने बिषयमा पनि छलफल भएको छ । देउवाले आफ्नो पार्टीको बैठकमा सहभागी हुनुअघि प्रचण्ड र नेपाललाई छलफलको लागि बालुवाटार बोलाएका हुन् ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend