आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

सर्वदलीय बैठकमा एमाले सहभागी होला कि नहोला ? यसो भन्छन् सुवास नेम्वाङ

सर्वदलीय बैठकमा एमाले सहभागी होला कि नहोला ? यसो भन्छन् सुवास नेम्वाङ

 

 

काठमाडौं फागुन २ । सभामुख अग्निप्रसाद सापकोटाले आज सोमबार सर्वदलीय बैठक बोलाएका छन् । दिउँसो २ बजे बस्ने बैठकमा संसदमा प्रतिनिधित्व गर्ने सबै दललाई बोलाइएको छ ।

तर, प्रमुख प्रतिपक्षी एमाले बैठकमा सहभागी होला कि नहोला ? किनकी एमालेले निस्कासन गरेका भनिएका १४ सांसदलाई सभामुख सापकोटाले नहटाएको भन्दै एमालेले सभामुखले बोलाएका सर्वदलीय बैठक बहिस्कार गर्दै आएको छ । यो मुद्दा अहिले सर्वोच्च अदालतमा विचाराधीन छ ।

सत्ता गठबन्धनका सांसदले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोग दर्ता गरेको भोलिपल्ट अर्थात् आज बोलाइएको बैठकमा पनि एमाले सहभागी हुने सम्भावना न्यून रहेको ठानिन्छ । एमाले अध्यक्ष केपी शर्मा ओली त एकीकृत समाजवादी पार्टी नभइ समूह रहेको र त्यो अवैध भन्दै आएका छन् ।

एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले पनि ‘सभामुख सापकोटाले बोलाएका सर्वदलीय बैठकमा अहिलेसम्म एमाले नगएको’ बताए । यद्यपि कार्यव्यवस्था समितिमा एमाले सहभागी हुँदै आएको छ । ‘आजको सर्वदलीय बैठकमा एमाले जाने नजाने टुंगो छैन, छलफल गरेर तय हुन्छ,’ नेम्वाङले भने ।

सभामुख सापकोटाको निजी सचिवालयका अनुसार बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा ९एस०का अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव, लोसपा अध्यक्ष महन्थ ठाकुर, नेमकिपा सांसद प्रेम सुवाल, जनमोर्चा सांसद दुर्गा पौडेल, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन लगायतलाई बोलाइएको छ ।

सत्ता गठबन्धनका सांसदले आइतबार प्रधानन्याधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोग प्रस्ताव दर्ता गरेपछि मुलुकको राजनीति तरंगित भएको छ । प्रमुख प्रतिपक्षी एमालेले महाभियोग प्रस्ताव षडयन्त्रको भूमरीबाट आएको भन्दै प्रतिवाद गर्ने भनिसकेको छ । एमाले संसदीय दलको बैठक पनि आज बस्दैछ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend