काठमाडौं १ फागुन। नेकपा (एमाले)का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले जनयुद्ध दिवसको उपलक्ष्यमा शुभकामना दिएका छन् ।
फेसबुकमार्फत २७औं जनयुद्ध दिवसको उपलक्ष्यमा उनले शुभकामना दिएका हुन । उपाध्यक्ष थापाले जनयुद्धको क्रममा देश र जनताको मुक्तिको लागि प्राण आहुति गर्ने शहीदहरूलाई स्मरण गरेका छन् ।
‘महान शहीदहरूको स्मरण गर्दै उहाँहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु’ उने लेखेका छन्, ‘बेपत्ता तथा घाइते योद्धाहरूको योगदानको स्मरण गर्दै उहाँहरूप्रति उच्च सम्मान व्यक्त गर्दछु ।’
साथै उपाध्यक्ष थापाले शहीद, बेपत्ता तथा घाइतेका परिवारको योगदानको उच्च कदर गरेको बताएका छन् ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend