आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

पाँच दलीय गठबन्धन आगामी तीनै तहको निर्वाचनसम्म कायम रहन्छः शिक्षामन्त्री पौडेल

पाँच दलीय गठबन्धन आगामी तीनै तहको निर्वाचनसम्म कायम रहन्छः शिक्षामन्त्री पौडेल

 

काठमाडौं २९ माघ । नेकपा (माओवादी केन्द्र)का नेता एवम् शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले  सरकारले सार्बनिक शिक्षालाई सबैले ग्रहण गर्ने लक्ष्य लिएर सोहीअनुसार काम गरेको बताएका छन् । शिक्षक सेवा आयोगलाई क्रियाशील बनाइएको र विभिन्न तहको लागि १८ हजार शिक्षकको नयाँ दरबन्दी सिर्जना गरेर परीक्षा तालिका सार्वजनिक गरेको पनि उनले बताए ।

मन्त्री पौडेलले उच्च शिक्षा ऐन, संघीय शिक्षा ऐन, प्राविधिक शिक्षा ऐन सदनको अवस्था सहज हुनेवित्तिकै छलफलको लागि पठाउने पनि जानकारी दिए ।

अहिलेको पाँच दलीय गठबन्धन आगामी तीनै तहको निर्वाचनसम्म कायम रहने बताए  ।

शनिबार काठमाडौंमा आयोजित एक साक्षात्कारमा बोल्दै मन्त्री पौडेलले अहिलेकै गठबन्धनले तीनै तहको निर्वाचन सम्पन्न गर्ने दाबी गरे । उनले स्थानीय तहको निर्वाचनमा सरकारमा आवद्ध दलहरुबीच चुनावी गठबन्धन हुने जानकारी दिए ।

त्यस्तै उनले पार्टीको पदाधिकारी चयन छिटै हुने बताए । मन्त्री पौडेलले अमेरिकी सहयोग सम्झौता एमसीसीबारे सबै दलमा एकमतको धारणा नभएको उल्लेख गरे । एमसीसीबारे राष्ट्रिय सहमति बनाउनुपर्ने उनको भनाइ छ ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend