अर्घाखाँची,२७ माघ । अर्घाखाँची जिल्ला शितगंगा न पा वडा नं ११ को ढुङ्गेशेरामा नेपाली काङ्ग्रेस परित्याग गरि सकृय कार्यकर्ता नेकपा (एमाले)मा प्रवेश गरेका छन । आज ढुङ्गेसेराका नेपाली काँग्रेसका सकृय कार्यकर्ता टिकाराम गाहा, रण बहादुर गाहा, सुर्य सुनारिको नेतृत्वमा २८ घर परिवार नेपाली काङ्ग्रेस परित्याग गरि नेकपा (एमाले)मा प्रवेश गरेका हुन ।
उनीहरुलाई नेकपा एमालेका केन्द्रीय सचिब टोप बहादुर रायमाझी, प्रदेस सचिवालय सदस्य तथा लुम्बिनी प्रदेश सांसद रामजी प्रसाद घिमिरे, जिल्ला अध्यक्ष पिताम्बर भुसाल, सचिब तोज बहादुर रायमाझी, उपसचिब भिम केसि,जिकस ओेपि पान्डे,नगर अध्यक्ष वसन्त श्रेस्ठ, पूर्व क्षेत्रिय कमिटी अध्यक्ष कासिराम आचार्य लगायतका नेताहरूले टीका र मालाले स्वागत गरेका थिए । नेकपा एमालेले आज शितगंगा न पा वडा नं ११ को ढुङ्गेशेरामा कार्यकर्ता भेला तथा पार्टी प्रबेश कार्यक्रमको आयोजना गरेको थियो ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend