आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

रायमाझी गृह जिल्लामै ब्यस्त, गठबन्धनका गढहरु भत्काउँदै

रायमाझी गृह जिल्लामै ब्यस्त, गठबन्धनका गढहरु भत्काउँदै

 

 

काठमाडौं २७ माघ । नेकपा एमालेका केन्द्रीय सचिव टोप बहादुर रायमाझी यति बेला धेरै जसो समय आफनो गृह जिल्ला अर्घाखाँची बिताउने गरेका छन। अहिले पछिल्लो समयमा उनी काठमाण्डौंमा त्यति धेरै बस्दैनन् । उनी आफनै गृह जिल्ला अर्घाखाँचीमा पार्टीको संगठन बिस्तारमा तिब्र रुपले लागेका छन । स्थानीय चुनावको मिति घोषणा भए संगै उनलाई पार्टी काम भ्याइ नभ्याई छ ।

उनले जिल्लाका बिभिन्न गाउँ र बस्तीहरुमा पसि काँगे्रस, माओवादी र जनमोर्चाका नेता देखि कार्यकर्ताहरु एमालेमा प्रबेश गराउने काममा तिब्रता दिइरहेका छन । श्रीकृष्ण भुसालका अनुसार अर्घाखाँचीमा एक महिनामा मात्रै नेपाली काँग्रेस, माओवादी केन्द्र र राष्टिय जनमोर्चाबाट ५०० भन्दा बढी नेता, कार्यकर्ता नेकपा एमालेमा प्रबेश गरिसकेका छन ।

जिल्लामा संगठन बिस्तारका लागी टोप बहादुर रायमाझी, रामजी घिमिरे, पिताम्वर भुसाल, चेतनारायण आचार्य, प्रेम नारायण गैरे लगायतका नेताहरु दौडधुपमा छन । नेपाली काँग्रेस, माओवादी केन्द्र र राष्टिय जनमोर्चाका गढहरु एमाले अर्घाखाँचीले भत्काउदै हिडिरहेको छ । अरु पार्टीका नेताहरु काठमाण्डौं छोडन नसकिरहेका बेला एमाले अर्घाखाँची पुरै संगठन बिस्तारमा केन्द्रित बनेको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend