आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

कामरेडले गरे एमाले परित्याग

कामरेडले गरे एमाले परित्याग

 

काठमाडौँ २६ माघ । नेकपा एमालेका डोटी जिल्ला कमिटी पूर्व अध्यक्ष कामरेड नारद मलासी नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । नेकपा एसको डोटी जिल्ला कमिटी बैठकबाट मलासीले एमाले परित्याग गरेका हुन् ।

प्रदेशसभा सदस्यमा उम्मेदवार बनेर पराजित भएका मलासीलाई नेकपा एसका नेता तथा पर्यटनमन्त्री प्रेम आले लगायतका नेताहरुको पहलमा पार्टी प्रवेश गराइएको नेकपा एस डोटीले जनाएको छ ।

मलासीसँगै एमालेका पूर्व जिल्ला कमिटी सदस्य तथा युवा नेता धनबहादुर नेपाली पनि नेकपा एसमा प्रवेश गरेका छन् । आलेको गृहजिल्ला डोटीमा एमालेबाट नेकपा एसमा प्रवेश गराउने क्रम बढेको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend