फाइल तस्विर
काठमाण्ठौं २६ माघ । सत्तारूढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच भेटवार्ता भएको छ ।
एकीकृत समाजवादीका अध्यक्ष नेपाल माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड भेट्न बुधबार बिहानै प्रचण्डको निवास (खुमलटार) पुगेका हुन्।
माओवादी केन्द्रका तर्फबाट शक्ति बस्नेत पनि सहभागी रहेको स्रोतले जानकारी दिएको छ।
आज बोलाइएको प्रतिनिधि सभा बैठक स्थगन गरिएको, एमसीसी विवाद चर्किएको तथा स्थानीय तहको चुनावको मिति (वैशाख ३०) घोषणा गरिएको अवस्थामा सत्तारुढ दलका दुई शीर्ष नेताबीच भेटवार्ता भइरहेको हो।
यसअघि एमसीसीका विषयमा प्रधानमन्त्रीको निवास (बालुवाटार) मा प्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच आयोजित छलफलमा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई बोलाइएको थिएन।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend