आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

बरिष्ठ कलाकार मिश्र ताते राजनीतिमा

बरिष्ठ कलाकार मिश्र ताते राजनीतिमा

 

 

काठमाण्डौ २५ माघ । नेपाल सुशासन पार्टीका केन्दीय सदस्य उद्धव प्रसाद मिश्रले नेपालमा सुशासन कायम नभए सम्म बिकास र समृद्धि हुन नसक्ने बताएका छन । आज खवर ब्रेकिङ संग छोटो कुरा कानी गर्दै मिश्रले यस्तो बताएका हुन । उनले देशका राजनीतिक दल र तिनका नेताहरु पुरै असफल भएको र अब देशको बिकास गर्न नेपाल सुशासन पार्टी आबश्यक भएको बताए ।

अबको स्थानीय चुनावमा नेपाल सुशासन पार्टीलाई अत्याधिक बहुमत दिएर चुनाव जिताउन आम जनतालाई मिश्रले आग्रह गरेका छन । रमेश खरेलको नेतृत्वमा गठन भएको नेपाल सुशासन पार्टीलाई नेपाली जनताले साथ र सहयोग गर्छन भन्ने बिश्वास आफुले लिएको मिश्रले बताए । अब देश र जनताको भाग्य र भबिश्य निर्माण गर्ने भनेको नेपाल सुशासन पार्टी मात्र भएको उनले बताए ।

अबको चुनावमा नेपाल सुशासन पार्टीले बहुमत ल्याउने मिश्रले दाबी समेत गरे । उनले देश भरी नेपाल सुशासन पार्टीको पक्षमा जनलहर आइरहेको र त्यो जनलहरको आधारमा आफनो पार्टीले बहुमत ल्याउने दाबी गरे । उनले नेपाली काँग्रेस, एमाले, माओवादी, लगायतका पार्टीहरुका गतिबिधिहरुबाट नेपाली जनता वाक्क भएको र त्यसको बिकल्पमा नेपाल सुशासन पार्टी जन्मिएको उनले बताए ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend