आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

मुलुकको राजनीति ओलीको वरीपरि

मुलुकको राजनीति ओलीको वरीपरि

 

काठमाण्डौं । नेकपा एमालेका नेता राम प्रसाद रिजालले मुलुकको राजनीति नेकपा एमालेका अध्यक्ष केपी ओलीको वरीपरि घुमेको बताएका छन । आज खवर ब्रेकिङ संग छोटो कुरा गदै उनले यस्तो बताएका हुन ।

प्रधानमन्त्री शेर बहादुर देउवाले राजनीति निर्णय ओली बिना गर्न नसकेकै कारण आज ओलीलाई बालुवाटार बोलाएको उनले स्पस्ट पारे । उनले आज बालुवाटारमा प्रधानमन्त्री देउवा र ओली बीच निर्णायक बार्ता हुने  बताए ।

एमसीसी, स्थानीय तहको निर्वाचन र सभामुखको बिषयमा देउवा र ओली बीच बार्ता हुने आफुले अनुमान गरेको उनले बताए । उनले देश पुरै एमालेमय बन्दै गएको र आगामी निर्वाचनमा एमालेले बहुमत ल्याउने दाबी फेरी गरे । नेकपा माओवादी केन्द्र र नेकपा समाजवादी पार्टीले एक सिट आगामी निर्वाचनमा जितेर देखाउन चुनौति समेत उनले दिए । देशको बिकासका लागी एमालेलाई जिताउनु पर्ने उनको भनाई छ । उनले एमसीसी यथास्थितीमा पास हुन नसक्ने बताए ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend