आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

प्रधानमन्त्री देउवा, प्रचण्ड र ओलीबीच भेटवार्ता हुने समय तोकियो

प्रधानमन्त्री देउवा, प्रचण्ड र ओलीबीच भेटवार्ता हुने समय तोकियो

 

फाइल तस्वीर

काठमाडौं २३ माघ । सत्तारुढ दल नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आज भेटवार्ता हुँदैछ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार दिउँसो ४ बजे तीन नेताबीच भेटवार्ता हुने  समय तोकिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

तीन नेताबीचको भेटमा स्थानीय तहको निर्वाचन,अमेरिकी सहयोगसम्बन्धी सम्झौता मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी)लगायत विषयमा छलफल हुने सचिवालयले जनाएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend