बिष्णु प्रसाद शर्मा,
२ अगस्त १९३४ देखि ३० अप्रिल १९४५ सम्म जर्मनीमा शासन गर्ने र शताब्दीकै निर्वाचित भै शासन गदै निरङ्गकुश शाषक बन्ने बालक हो । उनको नाम एडोल्फ हिटलर हो । झण्डै झण्डै युरोप सिङ्गै कब्जा गर्न सफल भएका हिटलरले झण्डै ६० लाख यहुदी जाती मारेका थिए । ७ करोडलाई क्रुर त्रासदीपूर्ण जीवन मृत्यु दिएर हिटलरले आफूलाई सर्वश्रेष्ठ नाजीवादी सावित त गराए । तर दोस्रो बिश्वयुद्ध पछि युद्धका भयानक छालहरु उनैका बिरुद्धमा उर्लन थाले । हिटलरले १९४५ को अप्रिल लाग्दा नलाग्दै बर्लिनको बङ्करमा पुर्पुरो आफैले फुटाएर आत्महत्या गर्नु प–यो ।
नेपाल एउटा स्वतन्त्र सार्वभौम सम्पन्न राष्ट्र हो भन्ने बिषयमा दुइमत छैन । तर दक्षिणी सिमा भारत संग जोडिएको उत्तरि सिमा चीन संग जोडिएको पूर्व पश्चिम लम्वाई रहेको राष्ट्र हो र बि. स. १९५६ मा संयुक्त राष्ट्र संघको एक सदस्यता प्राप्त देशलाई आज पश्चिमाहरुले भारतको घोडा चढेर जुन किसिमको बर्वरता पूर्ण कार्य गरिराखेको छ र दक्षिणी छिमेकी भारतले सहयोग गरि राखेको छ त्यो निन्दनिय त छ नै ।
भारतका बहालवाला प्रधानमन्त्री नरेन्द्र नाथ मोदी छन् भने उत्तराखण्डका प्रदेशका मुख्यमन्त्री आदीत्यनाथ योगी हुनुहुन्छ । नेपाल बिश्वको एक मात्र हिन्दु अधिराज्य राष्ट्र हो । भारतका प्रधानमन्त्री र मुख्यमन्त्री दुबै हिन्दु नै हुन । नेपालको दक्षिणी भागमा दलियताको आडमा सिमा अत्यधिक रुपले मिचान भई राखेको छ । दलियताको सरकार बोल्दैन । लिपुलेक नेपालको भु भाग हो । यो ठाउँमा चीनले खेद्दै ल्याएको भारतीय सेनालाई युग पुरुष श्री ५ महेन्द्रले मानवताको आधारमा केही समयमा लागी भारतीय सेनालाई आश्रय दिएको नेपाली भू- भाग हो, यसमा कसैले अन्यथा नलिए हुन्छ । त्यसै ठाउँबाट मानसरोवर जाने र चीनको राजधानी बेइजिङ्ग पुग्न सजिलो पर्ने भारतीय र पश्चिमाहरुको लक्ष्य रहेको छ ।
छिमेकी देश भारतले नेपाली सिमा अतिक्रमण गर्दै बाटो बनाइरहेको छ र लिपुलेक पुरै कब्जामा लिएको अवस्था छ । नेपालको सरकार बोल्दैन । सत्तामा पुग्न यस्तै ठाउँहरुको खोजी गर्ने दलीय पद्धतिका हिमायतीहरु चु सम्म गर्ने औकातमा छैनन् । तर नेपाली जनता अव चुप लागेर बस्दैनन् । भारतले निर्शत बाटो बनाउने कामलाई रोकेर राजा संग छलफल गरेर नेपाली भू -भाग खाली गरोस् हैन भने खवरदार रगतको खोलो नवगोस् । नेपाली जनता हिटलर भन्दा कमका छैनन् भनेर सबै मित्रराष्ट्रहरुले बुझुन् । शर्मा, नेपाल संरक्षण अभियानका केन्द्रिय संयोजक तथा राजनीतिक बिश्लेषक हुन ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend