बागलुङ २१ माघ । बामपन्थि नेता बाबुराम नेपाली नेकपा एमाले प्रवेश गरेका छन् । उनी मंगलबार एमाले प्रवेश गरेका हुन् । उनी पछिल्लो समय नेकपा माओवादी केन्द्रमा आवद्ध थिए ।
राष्ट्रिय जनमोर्चामा रहेर लामो समय गाविस अध्यक्ष बनेका गल्कोट ११ रिघाका नेपाली त्यसपछि माओवादी केन्द्र प्रवेश गरेका थिए ।
तत्कालिन समयमा नेकपा एमाले र माओवादी केन्द्रको एकतापछि नेकपामै रहेका उनी शुक्रबार औपचारिक रुपमा एमाले प्रवेश गरेका हुन् ।
उनलाई एमाले उप—महासचिव पृथ्वीसुब्बा गुरुङ, प्रदेश इन्चार्ज पद्मा अर्याल लगायतका नेताहरुले स्वागत गरे ।
एमाले प्रवेश गर्दै नेपालीले कम्युनिष्टका नाममा साना साना झुपडीको आवश्यकता नरहेको भन्दै अब एउटै कम्युनिष्ट पार्टीले जनताको समस्या समाधान गर्ने विश्वास व्यक्त गरे ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend