आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

जोर – बिजोर प्रणालीबारे भोलि निर्णय गरिने

जोर – बिजोर प्रणालीबारे भोलि निर्णय गरिने

 

काठमाडौं २१ माघ ।  काठमाडौं उपत्यकामा निजी सवारी र ट्याक्सीमथि लगाइएको जोर – बिजोर प्रणालीबारे सरकारले भोलि  निर्णय गर्ने भएको छ ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालका अनुसार निजी साधनमाथिको जोर-बिजोर प्रणाली भोलिसम्म रहेको र भोलि उपत्यकाका तीन वटै सिडिओ कार्यालयको बैठक बसी यसबारे निर्णय गरिनेछ ।

माघ १४ गतेदेखि सार्वजनिक सवारीबाहेक निजी र ट्यासीमाथि जोररबिजोर लागू गरिएको थियो । जसको समय अवधि भोलि सकिँदैछ ।

सिडिओ रिजालले कोरोना संक्रमण अवस्थालाई मध्यनजर गरेर निजी र ट्याक्सीमा जोररबिजोर प्रणाली लगाइने वा नलगाइनेबारे निर्णय गरिने बताए।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend