आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

प्रधानमन्त्री देउवालाई महन्थ ठाकुरको प्रश्न

प्रधानमन्त्री देउवालाई महन्थ ठाकुरको प्रश्न

 

काठमाडौं २० माघ । प्रधानमन्त्री शेरबहादुर देउवा र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुर बीच भेटबार्ता भएको छ । प्रधानमन्त्री देउवा र ठाकुर बीच बालुवाटारमा भेटबार्ता भएको हो ।

बालुवाटारमा प्रधानमन्त्रीसँग भेट गर्दै ठाकुरले आफूहरुले यसअघि उठाएको माग के भइरहेको छ भन्दै प्रधानमन्त्रीलाई प्रश्नसमेत गरेका थिए ।

देउवाले प्रधानमन्त्री हुँदा आफूहरुको माग सम्बोधन गर्छु भनेको स्मरण गराउँदै ठाकुरले त्यस बारे प्रश्न गरेको उनी निकट एक नेताले बताए ।

लोसपाले संविधान संशोधन, रेशम चौधरी लगायतको रिहाइ र मधेश आन्दोलनमा लागेका मुद्दा फिर्ता, नागरिकता समस्या समाधान लगायको माग राख्दै आएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend