काठमाडौं, १८ माघ । नेकपा एमालेका युवा नेता राम प्रसाद रिजालले जसपाका संघिय परिषद अध्यक्ष बाबुराम भट्टाराईले दिएको अभिब्यक्ति प्रति गम्भीर आपत्ति जनाएका छन । सामाजिक सञ्जाल र राष्ट्रीय मिडीयाहरूमा पटक पटक एमसिसि परियोजना पास गर्नुपर्छ भनेर भट्टराईले दिएको अभिब्यक्ति प्रति उनले गम्भीर आपत्ति जनाएका हुन ।
उनले भने, ‘बाबुराम भट्टराईको बोलीमा मेरो गम्भीर आपत्ति रहेको छ । भट्टराईले बोली फिर्ता लिन मेरो अनुरोध छ ।” अमेरिकाले साच्चै नै नेपाललाई यहांको विकास निर्माण र शिक्षा, स्वास्थ्य लगाएतका पुर्वधारमा सहयोग गर्न खोजेको भए विना शर्त सहयोग गर्न तयार हुनुपर्ने उनको भनाई छ ।
उनले नेपालले कुनै देशको पनि इन्डोप्यासिक रणनीति सैनिक गठबन्धन स्वीकार्न नहुने बताए । उनले परियोजना सर्त सहित स्वीकार्न नसकिने र एमाले पार्टीले यथास्थितिमा कुनै पनि हालतमा एमसिसि पास गर्न नदिने बताए ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend