प्रा. जोन म्याकमुरट्री
६२ जना धनाढ्यको हातमा संसारका ५०५ जनसंख्यासँग भएको भन्दा धेरै सम्पत्ति थुप्रिएको छ भने संसारका ५०५ भन्दा गरीब जनताले गएको ५ बर्षमा मात्रै आफ्नो कुल सम्पत्तिको लगभग आधा हिस्सा गुमाउन पुगे । सन २०१६ को अक्सफाम डाभोस प्रतिबेदनको मुख्य अंशमा (जसलाई मुलधारका संचार माध्यमहरुले चकित पार्ने गरी बेवास्ता गरेका थिए) के उल्लेख थियो भने – ६२ जना धनाढ्यको हातमा संसारका ५०५ जनसंख्यासँग भएको भन्दा धेरै सम्पत्ति थुप्रिएको छ।
यसरी सम्पत्ति केन्द्रिकित हुने धनाड्यको संख्या सन २०१० मा ३८८ थियो भने अहिले यो संख्या घटेर औंलामा गन्न मिल्ने धनाढ्य पुगेको छ। अझ आस्चर्य र डरलाग्दो तथ्य के छ भने गएको ५ बर्षमा ती ५०५ जनताको हातमा रहेको कुल सम्पत्ति लगभग ४०५ ले गिरावट आएको अक्स्फामले जानकारी गराएको छ (श्रोत गोप्य राखेर)। यद्दपी भिमकाय झुटहरु अझै जारी छन जस्तै – “विश्व गरीबी निवारणमा अतुलनिय उपलब्दी हासिल भएको छ” र ” सन १९९० देखी यता विश्वमा चरम गरीबी ५०५ ले घटेको छ”।
“अधिकतम गरीबहरु गरीबीको रेखा भन्दा माथि उकालीएका छन” भन्ने कथन निरन्तर दोहराईरहदा वास्तवमा संसारका ५०५ भन्दा गरीब जनताले गएको ५ बर्षमा मात्रै आफ्नो कुल सम्पत्तिको लगभग आधा हिस्सा गुमाउन पुगेका ठोस तथ्यहरु देखिए। यती हुँदा पनि उक्त कथन निर्वाद रुपले निरन्तर जारी छ।
यो भिमकाय झुटको तात्पर्य यसको सुदुर उपयोगमा लुकेको छ। बैश्विकरणको प्रचारका निम्ती यस कथन ब्यापक गराईको मात्रै हैन गलत रुपले तथ्यांकित पनि गरिएको छ जसलाई धेरैले ख्याल गरेका छैनन। नतिजा स्वरुप आधारभुत बजारको सिद्धान्त र निती असफल देखिएका छन। बैश्वीकरणको र बैश्विक बजारको अपार फाईदा दावा गरिएको भन्दा यथार्थ बिलकुल बिपरित द्देखिन्छ। यथार्थमा गरीब र निःसहायहरुको खर्बौ बिलियन डलर खोसेर धनाढ्यको खाता माथि जम्मा हुदै गर्दा “ट्रिकल डाउन सिद्धान्त” को वास्तबिक अर्थ के हुन्छ ?
अथक रुपमा बैश्वीकरण अर्थात विश्व बजारले “सबैको निम्ती सम्पन्नता र सम्पत्ति” ल्याउने छ भनी घोषणा गरिएको सिद्धान्तले विश्वभर बिपरित वास्तबिकता शुद्द ब्यापारिक प्रमाणहरु मार्फत देखाउदा यस बारे हामी के नै भन्न सक्छौ। गरीबहरुले निसन्देह उनिहरु सँग भएको कुल विश्वव्यापी सम्पत्तिको आधा भाग गुमाएका छन भने सोही समयमा अत्याधिक धनाढ्यहरुले आफ्नो सम्पत्ति गुणा गरेका छन। सक्षिप्तमा, प्रमाणहरुले के प्रमाणित गरेका छन भने – विश्व बजार र बैश्वीकरणलाई सहि ठहराउन प्रयोग गरिने मुख्य नैतिक र आर्थिक दाबीहरु ठुला झुठहरु हुन र यी झुठहरु हरेक समय अझै ठुला हुँदै गएका छन।
भ्रम भन्दा पनि खराब रुपमा, अर्बौ मानिसहरुले बाची रहेको वास्तबिक गरीबीलाई उल्टाईएको छ, पीडितहरुले यस ब्यवस्थामा निरन्तर प्रगती र राम्रो गरीरहेको दाबी गरिन्छ जुन ब्यवस्थाले गरीबहरुसँग भएको थोरै भन्दा थोरै सम्पत्तिबाट पनि उनिहरुलाई बन्चित गर्दछ र जम्मा ५ बर्षको अन्तरालमा विश्वको निमुखा आधा जनसंख्याको एक अर्ब डलर बराबरको सम्पत्ति अती धनाढ्यको गोजीमा पुग्छ।
यसरी जती जती ठुला झुठहरुले गरिबी निवारणका रुपमा गरीबहरुलाई जिउदै खाने विश्व ब्यवस्थालाई न्यायोचित ठहराउदै जाने गर्दछन उती उती ” हरण द्वारा सन्चय” भन्ने सिद्धान्त उचित ठानिन्छ र लागु गरिन्छ अनी अधिकांसलाई उनिहरुको सम्पत्तिको स्वाम्मित्वबाट बिमुख गरिन्छ। अर्थात अझै धेरै “मितब्ययीता”, अझै धेरै “सामाज कल्याण भत्ता कटौती” र अझै धेरै “श्रम लचकता”। अर्थात “सबैको लागि अधिक स्वतन्त्रता र समृद्धि” को नाममा अझै धेरै भोकमरी अनी मानिसको जीवनको बिनास।
विश्व बैंक, मुद्रा कोष र यस्तै अन्य संस्थाहरु केही तथ्यान्क र अंकहरु देखाएर विश्वभरीबाट गरीबहरुको उत्थान गरिएको दाबी गर्दछन। द गार्जियन र न्युयोर्क टाइम्स जस्ता पत्रपत्रीकाले उक्त दाबीहरुका प्रतिबेदनलाई सबै ठीक ठाक रहेको भनेर मुख्य समाचार बनाएर सम्प्रेषण गर्ने गर्दछन र भन्छन – गरिब र बहुसन्ख्यक मानिसका निम्ती राम्रो हुँदै गएको छ। यथार्थमा यिनिहरु आफ्नो वास्तबिक जीवन, श्रम र जीवन सुरक्षामा पिसिएर कम हुँदै गएका छन। यस प्रकारले ठुला झुठहरु दिइएका तथ्यहरुको रुपमा स्थापित गरिएका छन जसलाई अर्थशास्त्री र सामाजिक वैज्ञानिकहरु निमेषभर मै बिना कुनै संकोच प्रचारित गर्ने गर्दछन।
वास्तवमा, कथित रुपमा गरिबी वा निरपेक्ष गरीबीबाट गरीबहरुलाई उल्लेख्य मात्रामा बाहिर निकालिएको महान उपलब्धीहरु दैनिक आयमा भएको एक कप चिया भन्दा कमको बृद्दी अथवा लाभमा आधारित छ। यो एउटा त्यस्तो अवलोकन हो जसलाई सुन्दर तरिकाले पाठकहरुको नजरमा पर्नबाट अवरुद्द पारीएको हुन्छ र सम्भवत धेरै पाठकहरु यसलाई पहिलो पटक देख्दै छन। कुनै जीवन समर्थन प्रणाली नहुँदा यस प्रकारका ठुला झुठहरुको सम्मोहनयुक्त रोमान्चक प्रभाव कायम गरिएको हुन्छ।
यस भ्रमलाई औल्याउने प्रयास गरिरहदा म सँग अर्थशास्त्रीहरु र उच्च तहका साक्षात्कारकर्ताहरु क्रोधित भएर प्रतिकृया ब्यक्त गर्ने गर्दछन मानौ कि यस झुठको पर्दाफास गरेर मैले गरीबहरुलाई अझै तल झार्दै छु। यस प्रकारले हामी के देख्न सक्छौ भने झुठका आवरणहरु विशेषज्ञ तथा सार्वजनिक धारणाहरुमा यती गहिरो सँग पसेका छन कि वास्तविक(जीवनको विश्व अब संलग्न गराउन सकिदैन। त्यस पस्चात यी झुठहरु बिना रोक(टोक बोलिने अझै ठुला झुठहरुको पृष्ठभुमीको रुपमा काम गर्ने गर्दछन जसले “स्वत्रन्त्र विश्वको रक्षा” को नाममा अन्त्यहिन अन्तरराष्ट्रिय द्वन्द र युद्द निम्त्याईरहेका हुन्छन।
कसैले पनि यो ख्याल गर्दैन कि – आयको बृद्दी मार्फत “गरीबीबाट गरीबलाई बाहिर निकालियो” भन्नाले साधारणतया प्रदुशित शहरमा असुरक्षित र अमानबिय जिबन यापन गरीरहेका ग्रामीण प्रवासीहरुलाई सन्दर्भित गर्दछ जसको शहर तर्फ प्रबासिनु अघी कम से कम एउटा परिवार र आवास थियो, स्वच्छ हावा र पानीको पहुच सँगै जिबित क्षितिज थियो। सन्क्षेपमा, ंर( १।५० अमेरिकि डलरको मानकलाई आधार मानेर “गरिबी वा निरपेक्ष गरीबीबाट गरीबहरुको उत्थान” गरिने उपाए अमानवीय रूपमा बेतुक छ, तर यसै मानक र उपायलाई हालको ब्यवस्थाले अत्यन्तै सिमान्तकृतका निम्ती पनि सेवा गरिरहेको बिजयी प्रमाणको रुपमा उपयोग गरिन्छ।
अदृश्य रुपमा गरीबबाट धनी तर्फ हुने सम्पत्तिको पुनर्बितरणको (जुन बिषय असमानताका धेरै बहसहरुमा जमिनमुनी गाडीएको छ) अवधीभर प्रतिस्पर्दा बृद्दीका नाममा अझै धेरै “बजार सुधारका उपायहरु” लागु गरिन्छ जस्तै उदारबादी अबिनियम, घट्दो समाज कल्याण लागत र अतिरेक सुधारका निम्ती गरिने मितब्ययीताका कार्यक्रमहरु। ब्यवस्थाका अधिक अधिकारहरु सम्पूर्णरुपले पीडितहरु प्रती अनुमानित गरिन्छ, तर वास्तवमा कुनै किसिमको प्रतिबद्द जिबन कार्यक्रम, मुल्य र समान्वय बिना नै आफ्नो भाग्य अनी सम्पत्ति बढाउने धनाड्यका वास्तबिक तुच्छ योजना र मागहरु प्रती कसैले ध्यान दिदैन। यो सत्तारूढ़ विचार प्रणालीको गठनका निम्ती सामान्यीकृत गरिएको ठुलो झुठको अर्को स्तर हो।
यस बाहेक डाभोस प्रतिबेदनले अर्को तथ्यमा पनि जोड दिन्छ कि अझै पनि ७६० अर्ब अमेरिकन डलर प्रती बर्ष बराबरको धन गैर उत्पादक निबेशकहरुको हातमा जाने गर्दछ जसले संसारभरीबाट अप्रतक्ष रुपमा ब्यापक मात्रामा कर चोरी छली गर्दछन। फेरी पनि बैश्विकरणले ल्याएको सिमाहिन मुद्रा(पुजी स्वतन्त्रताले अत्याधिक रुपमा समृद्धहरुलाई नै समृद्ध बनाएको छ र समानन्तररुपले गरीब अनी गरीबी दोब्बर बढाएको छ।
यहाँ यस प्रणाली सम्पूर्ण सार्वजनिक क्षेत्र तथा संस्थानहरुको बित्तीयपोषणलाई प्रभावित गर्नका निम्ती तयार गरिएको छ जो आम सर्वसाधारणको जीवन रक्षा र हितका निम्ती बिकसित भएका थिए। सार्वजनिक सेवा र पूर्वाधारहरु पनि निरन्तर बित्तिय रुपले ध्वस्त (दिवालियापन) हुने दिशा तर्फ लम्किरहेका छन। यो कहिले अन्त्य नहुने लगानीको कमी, कटौती, निजीकरण, सार्वजनिक नीति र अनुदानमा कर्पोरेट लबीको नियन्त्रणले मात्रै होइन बलकी वार्षिक एक खर्ब डलर बराबरको सार्वजनिक कर चोरीका कारणले हुने गर्दछ जसको सुधार गर्नका निम्ती सरकार र तमाम ब्यापार सन्धीहरुले केही गर्न सकेका छैनन।
यसरी बढ्दो बिनास र पतनलाई रोक्दै मानबिय सामाजिक र पर्याबरणिय जीवन समर्थन प्रणालीमा निबेश गर्न सक्ने सरकारहरु अधिकान्स जनता सँग सँगै प्रणालिगत तरिकाले बित्तियरुपमा या त ध्वस्थ भएका छन या फेरी ऋणले दास भएका छन। फलस्वरूप सरकारहरूको जानकारी बिना नै, सार्वजनिक र बहुसंख्यक स्तरमा आर्थिक मागको पतन सँगै विश्व अर्थव्यवस्था गहिरो मंदीमा जकडिन्छ।
मानव विकासको नयाँ नियम भनेको – सिमाहिन अनियन्त्रित प्रणालीमा “अस्तित्वको लागि आवश्यक” भन्दै अधिक पैसा र बस्तुहरुका निम्ती प्रतिस्पर्धा गर्नु हो जहाँ धनाढ्यको सम्पत्ति गुणात्मक रुपले बढाउन बहुसन्ख्यकलाई शक्ती र सम्पत्ति बिहिन गरीब हुनु पर्दछ।
अब तथ्यहरु निकै लामा छन। कर्पोरेट वैश्वीकरण नियन्त्रण भन्दा बाहिर मात्रै छैन बलकी यसले सम्पूर्ण विश्वलाई हरेक तह र तरिकाले जिउदै निलेर जैबिक, सामाजिक र पर्याबरणिय जिबन प्रणाली र संगठनलाई समग्र रुपमा ध्वस्त पार्दै छ। वास्तवमा वैश्विक प्रतिस्पर्धाको आलोकमा, बहुसन्ख्यक जिबनका आधारभुत साधन र सुरक्षा निरन्तर रुपमा गिर्दै जाने छन किनभने पर्यावरणलाई भिमकाय मात्रामा लुटिएको र प्रदुषित गरिएको छ। तथापी यसको समाधानका रुपमा “अझै अधिक वृद्धि” को मात्रै कल्पना गर्न सकिन्छ, जुन वास्तवमा एउटा पागलपन हो।
आम जिबनका न्युनतम आधारहरु शाशकिय मुल्य प्रणालीद्वारा प्राथमिकता भन्दा बाहिर पारीन्छ। जो अवसरबाट बन्चित हुन्छन र पछी छुट्छन उनिहरु बिलकुल उल्टो घोषणा गर्ने बहु आयामिक ठुला झुठको भुमरीमा गायब हुछन। यही कारणले गर्दा वास्तबिक तथ्यहरु सम्प्रेशण गरिदैनन। त्यसैले गर्दा बिरामी ब्यवस्थाको उपचार गर्ने भनी दाबी गरिएका योजनाहरुले ब्यवस्था भित्रकै बिकारहरु देखाउछन। यही कारणले गर्दा प्रगतिशिलहरुले समेत “आर्थिक झूठ” लाई मुख्य दोश दिने गर्दछन।
वृहद स्तरमा एउटा क्यान्सर प्रणाली जस्तो, निजी मुद्रा(अनुक्रम प्रणालीलाई गुणात्मक रुपले विस्तार गर्ने यस ब्यवस्थाको केवल एउटा बिन्दु मात्रै छ – “मानिसहरुको वृहत्तर कल्याण” का नाममा जिबन बर्बाद पार्ने अस्तब्यस्ततालाई ढाकेर अन्धो रुपमा निरन्तर बृद्दी भईरहनु।
प्रा. जोन म्याकमुरट्री को यो लेख २४ जेनवरी २०१६ मा प्रथम पटक र २३ नोभेम्बर २०१८ मा दोश्रो पटक ग्लोबलरिसर्च मा प्रकाशित भएको हो। गुएल्फ विश्वबिद्यालयका भुतपुर्व प्राध्यापक र रोयल सोसाइटी अफ क्यानडाका निर्वा्चित फेलो प्रा. म्याकमुरट्रीका कार्यहरु ल्याटिन अमेरिका देखी युरोप र जापानसम्म अनुवादित भएका छन। युनेस्कोद्वारा तीन खण्डमा प्रकाशित “फिलोसोफी एन्ड वर्ल्ड प्रोब्लम्स” का लेखक तथा सम्पादक प्रा. म्याकमुरट्रीको हालै “द क्यान्सर स्टेज अफ क्यापिटालिस्मस् फ्रम क्राइसिस टु क्युर” पुस्तक प्रकासित भएको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend