आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

एमाले परित्याग गर्दै गौतम र अधिकारी माओवादीमा प्रवेश, प्रचण्डले गरे पार्टीमा स्वागत

एमाले परित्याग गर्दै गौतम र अधिकारी माओवादीमा प्रवेश, प्रचण्डले गरे पार्टीमा स्वागत

 

काठमाण्डौं १७ माघ । क्यान महासंघ केन्द्रीय कमिटी सचिव चिरञ्जिवी अधिकारी नेकपा एमाले परित्याग गर्दै माओवादी केन्द्रमा प्रवेश गरेका छन् । आज उनलाई अध्यक्ष प्रचण्डले खुमलटारमा खादा ओढाएर पार्टीमा स्वागत गरे ।

अधिकारी नेकपा एमालेको चितवन काठमाडौं सम्पर्क मञ्च क्षेत्र नम्बर ३ का इन्चार्ज, प्रेस चौतारी बागमती सम्पर्क मञ्चका प्रतिनिधि तथा क्यान महासङ्घका केन्द्रीय कमिटी सचिव रहेका थिए ।

त्यस्तै, काभ्रेको नेकपा एमाले चौरिदेउराली गाउँपालिका–३ का नेता तथा युवा व्यवसायी रमेश गौतम पनि माओवादी केन्द्रमा प्रवेश गरेका छन् । उनलाई पनि प्रचण्डले आज बिहान पार्टीमा स्वागत गरेका छन् ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend