आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

प्रधानमन्त्री देउवा र प्रचण्डबीच भेटवार्ता

प्रधानमन्त्री देउवा र प्रचण्डबीच भेटवार्ता

 

 

काठमाडौं १७ माघ । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटार भएको भेटमा आसन्न निर्वाचन, एमसीसीलगायत समसामयिक राजनीतिबारे छलफल भएको स्रोतले बतायो । प्रधानमन्त्री देउवाले एमसीसी संसद‍्बाट पारित गराउन पहल थालेका छन् ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल परिमार्जनसहित पारित गर्नुपर्ने पक्षमा छन् । यसै विषयमा कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग परामर्शसमेत गरेका छन् ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend