सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

खै नेपाली आँखाले नेपाललाई हेरेको ?

खै नेपाली आँखाले नेपाललाई हेरेको ?

बिष्णु प्रसाद शर्मा,

 

नेपाल अर्काको संस्कृति भिरेर भिरङगी सल्काइरहेको छ । मुस्लिम अब्दुल कलामले प्राणत्याग गर्नु अघि सम्म पनि हरे राम हरे कृष्णको भजन गाइरहन्थे । बैदिक दर्शन बेद र हिन्दुहरुका प्रति अत्यन्त आभारी छौं भनेर भन्नु नै पर्दछ । उनीहरुले गणित बिद्या छोडेर जानु भएको थिएन भने बिश्वमा कुनै आबिष्कार हुन सक्ने नै थिएन ।
गणित बिद्याको तथ्यमा टेकेर चीनका तत्कालिन राष्ट्रपति हुजिन्ताओले १९७७ देखि देङ सियाओ पिङको आर्थिक खुल्ला नीतिबाट भित्रिएको बिकृति न्यूनिकरण गर्न सन् २०११ मा चिनियाँ कम्युनिष्ट पार्टीको नीति नै पारित गराएर चीनको संस्कृतिमा चीनकै पकड नीति लागु गराए । चीन आज यही नीतिले आर्थिक र सामरिक बिश्वशक्ति बनिसक्यो ।
बैदिक सनातन कुल धर्म सर्ब श्रेष्ठ धर्म हो र यो धर्मको अनुसरण गर्ने नेपाली समुदायहरु प्रशस्तै छन । यो परम्परा संस्कारलाई टोड्नका लागी ईसाइ मुसाइ लगायतका धर्म सम्प्रदायहरु अत्यधिक घूसपैठ भएको छ, नेपालमा ।
२० जुलाई १९६९ मा नेल आम्र्सट्ङले चन्द्रमामा टेके । पूर्वीय दर्शनको अध्ययन उनले गरेका थिए । श्रीलंकाको राष्ट्रि«य धून संस्कृतिमा नमो नमो आज सम्म नी छ । १९५१ मा जर्मनमा सुरु भयो सोसलिष्ट इन्टरनेशनल । जर्मनमा तन्त्र , झार फुकले कानुनी मान्यता पाएको छ । उसले नेपालमा तन्त्र, मन्त्र, काल बिद्या अनुसन्धानमा ब्यापक धन लगानी गरिराखेको छ । नेपालीहरुलाई जानकारी नहुन सक्दछ कि कृष्ण मन्दिरको गर्भ गृहमा के होला ? भनेर जान्न मन्दिरको पुनरुध्दार नै गरियो । अहिले हामी संग कृष्ण मन्दिर त छ, पुननिर्माण गरिदिनेले गर्भगृहवाट के के लगे हामीले चाल पाउनै सकेनौं ।

पश्चिमाहरु पूर्वीय दर्शनको धँुइपत्ता लगाएर खोज गरिराखेका छन भने हामीले संरक्षण गर्न सकिराखेका छैनौं । दलीयताका हलिहरु युरो र डलरमा दंग परेर राष्ट्रको सम्पत्ति बिदेशीहरुलाई सुम्पिएर हाम्रा होनाहार युवाहरुलाई युरोपको बालुवामा पसिना बगाउन बाध्ये बनाई राखेका छन । हामी नेपाली अज्ञानी छैनौं । लत्तो छाडेका छौं । समयमै सचेत बनौं । नेपाली राजनीतिले आफ्नो देशका लागी आफ्नै देशको सम्पत्ति सदुपयोग गरेर समुन्नत राष्ट्रको बिगुल फुक्न सक्दैन र ? खै नेपाली आँखाले नेपाललाई हेरेको ? शर्मा, नेपाल संरक्षण अभियानका केन्द्रीय संयोजक तथा राजनीतिक बिश्लेषक हुन ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend