आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

ओलीलाई कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय भक्तपुरमा उजुरी

ओलीलाई कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय भक्तपुरमा उजुरी

 

काठमाडौं १६ माघ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई कारबाहीको माग गर्दै अभिजित अधिकारी र वीरेन्द्र मडैले जिल्ला प्रशासन कार्यालय भक्तपुरमा उजुरी दिएका छन । ओलीलाई कोरोना संक्रमित हुँदाहुँदै बालकोटस्थित रक्तदान कार्यक्रममा संक्रामक रोग ऐन २०२० विपरित सहभागी भएको भन्दै उनीहरुले जिल्ला प्रशासन कार्यालय भक्तपुरमा कारबाही पत्र पेश गरेका हुन् ।

आफू कोरोना संक्रमित हुँदाहुँदै माघ १२ गते एमालेको भातृ संगठन युवा संघद्वारा आयोजित रक्तदान कार्यक्रममा हुलहुज्जतसहित सरिक भई आफूलाई सामान्य संक्रमण भएको निवेदनमा भनिएको छ ।

कोरोना संक्रमित ओलीले कोरोना संक्रमण फैलाउनुका साथसाथै भ्रमित अवस्था सिर्जना गरेको भन्दै संक्रामक रोग ऐन २०२० को दफा ३ बमोजिम कारबाहीको माग गरिएको छ ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend