सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

नेपाल, भारत -चीन

नेपाल, भारत -चीन

बिष्णु प्रसाद शर्मा,

 

भारतको स्वतन्त्रताको बिहानी १९४७ मा बल्ल सुरु भएको हो । १४३४ पोर्चुगिज राज, १६०५ मा डच, १६६८ मा फ्रेन्च राज्य, १६७२ देखि १७५७ सम्म ब्रिटिस राज्य १७५७ देखि १८५८ सम्म कम्पनी रुल र १८५८ देखि १९४७ सम्म ब्रिटिस इष्टइण्डियाले भारतमा राज गरेको इतिहास सबैका सामुन्य छर्लङ्ग देखिएको छ ।
कहिल्यै सूर्य नअस्ताउने साम्राज्यवादलाई  घुँडा टेकाउने नेताको नाम भारतका बापु अर्थात गान्धी हुन । माहात्मा गान्धीले बेलायतमा बसेर कानूनको बिद्या हासिल गरेर भारतलाई स्वतन्त्रता दिलाउन सफल भएका थिए । नेपाल एकिकरणका अगुवा श्री ५ पृथ्वीनारायण शाहले ब्रिटिस भगाउँ, देश जोगाउँ । पहिलो प्राथमिकता ठानेका थिए र भारतलाई सहयोग पुग्ने गरि कार्य गर्नु नै अशल छिमेकीको पराक्रम ठानेका थिए भनेर जान्नु पर्दछ ।
कहिल्यै कसैको उपनिवेशको भारी बोक्नु नपरेको नेपाल आज उपनिवेश भन्दा अझ धेरै जटिल अबस्थामा पुग्नु परेको छ । चीन र जापान आसपासकै एकै जस्केलाका औजार हुन । १ अगस्त १९५५मा नेपाल र चीन बीच दौत्य सम्बन्ध कायम भएको हो । चीनले उसको देश हित र ब्यापारको बिषय भन्दा अरु बिषयमा चासो राख्ने गरेको थिएन । भारतले नेपालको बारेमा २००७ साल देखि अत्यधिक मनपरी भार लाद्ने प्रयास गरिरहेको छ ।
श्री ५ महेन्द्रले चीन भारतलाई राम्रो अध्ययन गरिवक्सेको थियो र भारतले नेपाललाई चयनका साथ बस्न दिंदैन भनेर बुझि बक्सेको थियो । कालापानी, लिपुलेख , लिम्पियाधुरा नेपालकै भू भाग हो । १९५० को सन्धि अघि त्यो भन्दा पारिको भू भाग पनि नेपालकै थियो । आज दलीय राजनीतिले नेपाललाई गम्भिर चोट पुयाइरहेको अबसरलाई सदुपयोग गदै भारतले नेपालको दक्षिणी सिमाना २६ जिल्लाको १८८० किलो मिटर भू भाग भन्दा बढीमा बल मिचाइले सडक बनाउँदै छ । ६० हजार हेक्टर भन्दा बढी जमिन नेपालबाट आफ्नोतिर तानि सकेको अबस्था छ । तर नेपाली शासकहरु बोल्ने आँट गर्न सक्दैनन् । खवरदार बाटो बनाउने काम भारतले रोकेर नेपाल नरेश संग बार्ता गरोस् । होइन भने नेपाली जनताले रगतको खोलो बगाउने छन र भारतीय बिस्तारवादलाई औकातमा रहन सवक सिकाउने छन । तर नेपाली जनताले सबै छिमेकी संग सम्बन्ध राम्रो रहन पर्ने कुरालाई अस्वीकार कहिल्यै गदैनन् । अब चुप रहने छैनन् । शर्मा, नेपाल संरक्षण अभियानका केन्द्रीय संयोजक तथा राजनीतिक बिश्लेषक हुन ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend