आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

एमालेले पनि सूर्य चिन्ह हटाउनुपर्ने

एमालेले पनि सूर्य चिन्ह हटाउनुपर्ने

 

 

काठमाडौं १० माघ। निर्वाचन आयोगले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई चुनाव चिन्ह गाई र हिन्दू राष्ट्र तथा राजतन्त्र हटाउन पत्र पठाएको छ ।

आयोगको पत्रपछि राप्रपाले आइतबार आकस्मिक पदाधिकारी बैठक बोलाएर आयोगको पत्र संविधान विपरित भएको भन्दै त्यसको उचित समयमा उचित जवाफ दिने निर्णय गरेको छ ।

आयोगले माघ २ गते राप्रपालाई पठाएको पत्रमा नेपालको राष्ट्रिय झण्डा, निशान छाप, राष्ट्रिय फूल लालीगुराँस, राष्ट्रिय रङ्ग सिम्रिक, राष्ट्रिय जनावर गाई, राष्ट्रिय पंक्षी डाँफे, नेपालको नक्सा, राष्ट्रिय पहिचान बोकेका व्यक्तित्वका तस्वीर वा चिन्ह दललाई प्रदान नगर्ने र गरिसकेको भए पुनरावलोकन गर्ने उल्लेख गरेको छ ।

यो निर्णसँगै अहिले राप्रपामा मात्रै हैन नेकपा एमालेमा पनि हलचल आएको छ । राप्रपाले गाई हटाउनु परेको खण्डमा एमालेले पनि सूर्य चिन्ह हटाउनुपर्नेछ ।

सूर्य चिन्ह नेपाली राष्ट्रिय झण्डामा अंकित छ । जसले गर्दा एमालेले पनि चुनाव चिन्ह परिवर्तन गर्नुपर्ने देखिएको हो ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend