आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

हिंसा भड्काउने अभिव्यक्ति दिने मन्त्रीलाई पदमुक्त गर्नु पर्छः महामन्त्री विश्वप्रकाश शर्मा

हिंसा भड्काउने अभिव्यक्ति दिने मन्त्रीलाई पदमुक्त गर्नु पर्छः महामन्त्री विश्वप्रकाश शर्मा

फाइल फोटो

काठमाण्डौं ८ माघ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवलाई पदमुक्त गर्नुपर्ने बताएका छन् ।

हिंसा भड्काउने अभिव्यक्ति दिएकाले पदीय मर्यादाविपरीत अभिव्यक्ति ठहर गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले पदमुक्त गर्नुपर्ने सुझाव दिएका हुन् ।

कोरोना संक्रमण भएपछि आइसोलेसनमा बसेका महामन्त्री शर्माले ‘मन्त्रीको गैरजिम्मेवार अभिव्यक्ति उपचारः ३ विकल्प’ भन्दै सामाजिक सञ्जालमार्फत् पदीय मर्यादाविपरीत अभिव्यक्ति ठहर गर्दै प्रधानमन्त्रीद्वरा पदमुक्त गर्नुपर्ने सुझाव दिएका हुन् ।

शर्माले तीन वटा सुझाव दिँदै मन्त्री यादवलाई राजीनामा दिन आग्रहसमेत गरेका छन् ।

शर्माले सुझाव दिँदै भनेका छन्,“स्यम् व्यक्तिद्वारा भुल स्वीकार र क्षमा याचना वा सम्बन्धित दलद्वारा पहकदमी र राजीनामा वा पदीय मर्यादाविपरीत अभिव्यक्ति ठहर गर्दै प्रधानमन्त्रीद्वारा पदमुक्त गर्नुपर्छ ।”

यस्तै शर्माले ३ उपचारका पछिल्तिर ३ कारणसमेत औँल्याएका छन् । राज्यको जिम्मेवारीमा बस्नेको अभिव्यक्ति र व्यवहार तुलनात्मक रुपले बढी जिम्मेवार हुनुपर्ने उनले बताएका छन् ।

मन्त्री यादवले गत बुधबार रौतहटको सदरमुकाम गौरमा आयोजित सार्वजनिक कार्यक्रममै जनमत पार्टीका अध्यक्ष डा।सिके राउतको ज्यान लिने धम्की दिएपछि उनको आलोचना हुँदै आएको छ ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend