आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

अपवित्र गठबन्धन नटोडे कांग्रेस पनि पत्तासाफ हुने निश्चित छः रिजाल

अपवित्र गठबन्धन नटोडे कांग्रेस पनि पत्तासाफ हुने निश्चित छः रिजाल

 

 

काठमाडौं ६ माघ । नेकपा एमालेका नेता रामप्रसाद रिजालले आगामी निर्वाचनमा कांग्रेस, माओवादी र नेकपा एकिकृत समाजवादी पार्टी बीचमा गठबन्धन भए कांग्रेस पनि पत्ता साफ हुने बताएका छन् । कांग्रेस, माओवादी र एकिकृत समाजवादी गठबन्धन गरेर चुनावमा गए यो गठबन्धन अपवित्र हूने र यस्तो अपवित्र गठबन्धनलाई नेपाली जनताले अस्वीकार गर्ने बताएका हुन् ।

गठबन्धनलाई नेपाली जनताले अस्वीकार गरेपछि त्यसको फाईदा नेकपा एमालेलाई हुने उनले दावी गरे । उनले भने, ‘प्रचण्डले हिजो एमाले कब्जा गर्न लागेका थिए सकेनन् अब कांग्रेस पार्टी कब्जा गर्ने रणनीतिमा छन् ।’ एमाले अध्यक्ष केपी शर्मा ओलीचुनावको लागि सिंह जस्तो भएर बसेकोले देउवा नेतृत्वको गठबंधनको सरकार चुनाव गराउने कुरामा तर्सिरहेको उनले बताए । उनले भने, ‘प्रचण्ड र माधव नेपाल जस्ता जनाधार नभएका पार्टीको ईशारामा कांग्रेस चले कांग्रेसले ठूलो हार व्युहोर्न पर्छ ।’

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend