आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

यादवले गरे नेकपा एस परित्यागको घोषणा

यादवले गरे नेकपा एस परित्यागको घोषणा

 

जनकपुरधाम ४ माघ । नेकपा एकीकृत समाजवादीका केन्द्रीय परिषद् सदस्य सरोज यादवले पार्टी छाडेको घोषणा गरेका छन् ।

महोत्तरीको औरही नगरपालिका घर भएका यादवले फेसबुकमार्फत नेकपा एस परित्यागको घोषणा गरेका हुन् । पार्टी नयाँ बन्यो तर नयाँपन केही नदेखिएपछि छाडेको उनले बताए ।

नेकपा माओवादी केन्द्र र नेकपा एमाले एकीकरणपछि बनेको नेकपाकालमा उनी महोत्तरी सचिव थिए । यादव नेकपा एमालेको भ्रातृ संगठन अनेरास्ववियुको केन्द्रीय सचिवसमेत रहिसकेका छन् । उनले पुनः एमालेमै फर्किन सकिने बताए । नेपाल प्रेसबाट

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend