आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले रौतहटमा पुगेर गरे भब्य भाषण, दिए कार्यकर्ताहरुलाई यस्तो निर्देशन

एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले रौतहटमा पुगेर गरे भब्य भाषण, दिए कार्यकर्ताहरुलाई यस्तो निर्देशन

 

 

रौतहट २ माघ । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले रौतहटमा पुगेर भब्य भाषण गरेका छन । उनले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपालले घात गरेको बताए । प्रचण्ड र नेपालले काँग्रेसको पाउमा सत्ता चढाएको आरोप उनले लगाए । उनीहरुले सत्ता स्वार्थका लागि एमालेलाई घात गरी काँग्रेसको पाउमा सत्ता चढाएको बताए ।

शनिबार रौतहटको मौलापुर नगरपालिकाको मर्यादपुर आयोजित दलित वस्ती उद्घाटन समारोहमा बोल्दै ज्ञवालीले दुई तिहाईको स्थिर सरकार हेर्न नचाहाने केही नेता र सर्वोच्च अदालतको मिलेमतोमा ओली सरकार ढालिएको जिकिर गरे ।

ज्ञवालीले स्थानीय तहमा एमालेको राम्रो पकड रहेको देखेपछि समयै निर्वाचन गराउने कुरामा आनकानी भैरहेको बताए । गठबन्धन सरकार ०५९ सालको जसरी कर्मचारी तन्त्रलाई प्रयोग गरी साधन श्रोतको दुरुपयोग गरेर निर्वाचन गराउन लागेको आरोप समेत उनले लगाए ।

ज्ञवालीले एक साताभित्र सरकारले स्थानीय तहको निर्वाचनको मिति नतोके आन्दोलनका लागि तयार रहन कार्यकर्ताहरुलाई निर्देशन समेत दिए । कार्यक्रममा एमाले स्थायी समिति सदस्य प्रभु साह लगायतले सम्बोधन गरेका थिए ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend