आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

नेपाली भूमिमा भइरहेको हस्तक्षेपका बारे राप्रपाले पनि निकाल्यो विज्ञप्ती

नेपाली भूमिमा भइरहेको हस्तक्षेपका बारे राप्रपाले पनि निकाल्यो विज्ञप्ती

काठमाडौं १ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले लिम्पियाधुरामा भारतले सडक बनाइरहेको विषयमा नेपाल सरकारले प्रतिवाद गर्नुपर्ने जनाएको छ। राप्रपाका महामन्त्री भुवन पाठकले एक विज्ञप्ती जारी गर्दै सडक निर्माण गरिरहेको विषय सार्वजनिक हुँदा पनि नेपाल सरकार र सत्तारूढ गठबन्धन मौन रहेको भन्दै आलोचना गरेको छ। राप्रपाले सरकार र सत्तारुढ गठबन्धनको मौनतालाई ुदुस्खद र रहस्यमयु भनेको छ। राप्रपाले नेपाली भूमिमा भइरहेको हस्तक्षेपका बारे भारतसँग कुटनैतिक र राजनीतिक तहमा संवाद गर्न सरकारलाई भनेको छ। राप्रपाले भारतसँग वार्ता गरेर लिम्पियाधुरामा अविलम्ब निर्माण कार्य रोक्न र भूमिको रक्षा हुने गरि समाधान निकाल्न माग समेत गरेको छ।

केही साताअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नै नेपाली भूमि लिम्पाधुरामा सडक निर्माण भइरहेको बताएका थिए। मोदी आफैले नेपाली भूमिमा सडक बनेको बताएपनि शेरबहादुर देउवा नेतृत्वको सरकारले भने यस विषयमा केही बोलेको छैन।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend