काठमाडौं ३० पुस । माघ पहिलो हप्ताभित्र स्थानीय तहको निर्वाचनको मिति घोषणा हुनुपर्ने निर्वाचन आयोगले बताएको छ ।
शुक्रबार प्रमुख राजनीतिक दलका नेताहरुसँगको छलफलमा आयोगले यस्तो बताएको हो । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले माघ पहिलो हप्ताभित्र स्थानीय तहको निर्वाचन घोषणा हुनुपर्ने बताएका छन । सो जानकारी आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले दिएका हुन । निर्वाचन मितिका विषयमा छिट्टै सरकारसँग पनि छलफल गर्ने प्रवक्ता पौडेलले बताए ।
आयुक्त थपलियाले निर्वाचन कानुन अनुसार आयोगलाई तयारीका लागि चाहिने १२० दिन घर्किसकेको भन्दै माघ पहिलो हप्ताभित्र निर्वाचन घोषणा गर्नुपर्ने बताएका हुन् ।
प्रवक्ता पौडेलका अनुसार आयोगले निर्वाचन कानुन अनुसार २०७४ जेठ ६ गतेबाट स्थानीय तहका पदाधिकारीको कार्यकाल गणना हुने भनी दलहरुलाई जानकारी गराएको थियो ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend